लहान, कात्तिक ३ गते । सिरहामा प्रहरीले गाँजा बोकेका टयाक्टर सहित दुई जनालाई पक्राउ गरेको छ ।
आइतवार जिल्लाको मिर्चैया नगरपालिका १ मनहर्वास्थित भित्री सडक खण्डमा चेकजाँचको क्रममा ना ५ त १४ नम्बरको टयाक्रमा लोड गरिएका सिरहा प्रहरीले एक क्विन्टल गाँजा बरामद गरेको हो ।
दक्षिणबाट पुर्वतर्फ गइरहेको टयाक्टरमा ठूलो प्लास्टिकका ५ र सानो २ वटा पोकामा प्याक गरी राखिएको सो गाँजा सहित टयाक्टर चालक र सह चालक दुवैलाई प्रहरीले पक्राउ समेत लिएका छन ।
पक्राउ पर्नेमा मिर्चैया १ निवासी १९ वर्षिय टयाक्टर चालक सुन्दर कापर र सोही ठाउँका निवासी २६ वर्षिय सह चालक जितेन्द्र महतो रहेका छन । बरामद गरिएका गाँजा सहित टयाक्टर र पक्राउ परेका दुवैलाई नियन्त्रणमा राखि अनुसन्धान प्रक्रिया अघि बढाइएको कुरा जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !