जनकपुरधाम, कात्तिक १ गते । धनुषाका ३ सय ५० हेक्टर जग्गालाई लक्षित गरी सिचाई योजनाको शिलान्यास गरिएको छ ।
शनिवार एक कार्यक्रममा धनुषा क्षेत्र नं. ३ का संघिय सांसद राजेन्द्र महतो र प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले संयुक्त रुपमा सो सिचाई आयोजनाको शिलान्यास गरिएको हो ।

धनुषाको नगराईन नगरपालिकाको जटहीमा प्रदेश सरकार भौतिक पूर्वाधार विकास मंत्रालयको जलस्रोत तथा सिंचाई बिकास डिभिजÞन कार्यालय जनकपुरधामद्वारा पीपरा मईन सिंचाई योजना अन्तर्गत निर्माण गरिनेछ । साढे ११ करोड रुपैयाको लागतमा दुई वर्षमा सम्पन्न गरिने गरी निर्माण हुने सो सिचाई योजनाबाट नगराई नगरपालिकका जटही क्षेत्र सहितका ५ सय १० घरपरिवारका किसानले खेतीपातीका लागि प्रत्यक्ष लाभ लिनेछ ।
सिचाई आभावका कारण कृषि प्रधानको रुपमा रहेका धनुषा सहित प्रदेश २ का जिल्लाहरुमा भूमि बन्जर हुँदै गइरहेको छ र किसानहरु विदेश पलायन हुँदै गइरहेकोप्रति राज्य गम्भीर नभएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जनता समाजवादी पार्टीका नेता एवं सांसद महतोले आरोप लगाएका थिए ।
कार्यक्रममा उपस्थित प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले आगामी वर्षमा प्रदेशका विभिन्न जिल्लामा समेत यस्ता सिचाई आयोजनाको निर्माण गर्ने प्रतिबद्धता जनाएका थिए ।
यो आयोजना निर्माण भइसकेपछि यहाँका किसानहरुलाई धान, गहुँ, तेलहन बाली उत्पादन गर्न सिचाईका लागि निकै सहयोग पुग्ने कार्यक्रममा प्रमुख वरिष्ठ इन्जिनियर सि.डि.ई. भगवान झाले बताए ।
करीब २२ मि लम्बाईको परमानेन्ट वेइर स्ट्रक्चर सहित २ कि.मि लम्बाईको मुल नहर सहितको सो सिचाई योजनाको पानीको प्रमुख मुहान पिपरा मोइन हुनेछ जसबाट वर्षभरि नै पानी जम्मा रहने जानकारी समेत ईन्जिनीयर झाले दिएका छन ।
झाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर रीता मिश्र, नगराई नगरपालिकाका मेयर परमेश्वर यादव लगायत जसपाका दर्जनौ नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !