Wednesday, August 12, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मेयरको नियतिले जनकपुरधाममा हाजिर नहुँदै सरुवा हुन थाले अधिकृत


मेयरको नियतिले जनकपुरधाममा हाजिर नहुँदै सरुवा हुन थाले अधिकृत

जनकपुरधाम, असोज २८ गते । मेयर लालकिशोर साहको पछिल्लो गतिविधिको कारण जनकपुरधाम उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतहरु हाजिर नहुँदै सरुवा हुन थालेका छन ।

पछिल्लो पटक असोज १ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उद्योग मन्त्रालयबाट सरुवा गरेका उपसचिव विनोदकुमार खड्का हाजिर नहुँदै आफ्नो सरुवा गराएका छन । एक महिनादेखि रिक्त रहेको दरबन्दीमा सरुवा भएर आएका खड्का बाटो म्याद २१ दिनभित्रै आफ्नो सरुवा गराएका हुन ।

प्रदेश २ को अस्थायी राजधानीको रुपमा समेत रहेका जनकपुरधाम उपमहानगरपालिकामा मेयर साहसँग अधिकृतहरुबीच पछिल्लो समयमा भएको विवादका कुरा सुनेर खड्काले हाजिर नहुँदै सरुवा गराएको श्रोतले जनाएको छ ।

पछिल्लो पटक सीता परियार, धर्मानन्द जोशी, प्रदीप साह र गोपाल प्रसाद रेग्मी लगायतका अधिकृतले मेयर साहले गरेको विवाद र दबावका कारण बाध्य भएर यहाँबाट सरुवा गराएका हुन । उनको ती गतिविधिकै कारण यहाँ कुनैपनि अधिकृत आउन चाहदैन भन्ने आरोप सरुवा गराएका गएका अधिकृतहरुको आरोप छ ।

मेयर साहले सामान्य दर्ता चलानी देखि योजना लगायतका काममा दखलअन्दाजी गर्ने गरेको आरोप प्रशाकीय अधिकृतहरुको रहेको छ । सामान्य दर्ता चलानीको काम गर्दा पनि मेयर साहले अभद्र शब्द प्रयोग गरी बिना मेरो स्वीकृति दर्ता चलानीसमेत नगर्नु भन्दै चेतावनी दिने गरेको थियो कुरा धर्मानन्द जोशीले भनाई छ ।

उनले भने नगरप्रमुख साहले प्रमुख प्रशासकीय अधिकृतको गाडी आफ्नो निजी कामका लागि प्रयोग गर्न लैजाने गरेको र मलाई कार्यालय जाने बेलामा पैदल हिडेंर जानुपर्ने अवस्था थियो समयमै गाडी पुरयाई दिन आग्रह गर्दा आफ्ना लठैत लगाएर दुव्र्यवहारसम्म गर्ने गथ्र्यो ।

जोशी आउनुभन्दा अघि जनकपुरधामको प्रमुख प्रशासकीय अधिकृतको रूपमा सीता परियार थिइन् । उनी २०७५ सालको पुसतिर जनकपुर आएकी थिइन् । ०७६ असार सकिए लगत्तै उनले आफ्नो अन्तै सरूवा गराइन् ।

हरेक प्रशासनिक काममा नगरप्रमुखले हस्तक्षेप गरेकै कारण आफूले बाध्य भएर सरुवा गराएको परियारको भनाई छ । उनले भनिन् मेयर साहले भने अनुसार काम गर्दा त्यहाँ टिक्न सक्ने वातावरण हुन्छ नत्र उहाँ आफ्ना लठैत लगाएर गाली बेइज्जतीसम्मको दुव्र्यवहार गर्ने गरेको थियो ।

तर विवादकै कारण प्रमुख प्रशासकीय अधिकृतहरुले सरूवा गराउने गरेको कुरा अस्वीकार गर्दै जनकपुरधाम उपमहानगरपालिकाकी उपप्रमुख रिताकुमारी मिश्र भनिन अधिकांश अधिकृतले आफ्नो मनपरी ढंगबाट काम गर्न खोज्दा मनमुटाव हुने गरेको हो ।

पछिल्लो पटक आएका अधिकृत खड्का के कति कारणले हाजिर नहुँदै सरुवा भएको भन्ने विषयमा उपमेयर मिश्रले भनिन् ‘यहाँ सरुवा भएर प्रमुख प्रशासकीय अधिकृत आएको मैले जानकारी पाएको थिए उहाँसँग मेरो भेट पनि भएन् र पछि सुन्नमा आयो उहाँ जनकपुरधामबाट सरुवा गराइसकेको सक्नु भएको छ । तर के कति कारणले उहाँ हाजिर नहुँदै सरुवा गराउनु भयो त्यो मलाई थाहा छैन ।

जनकपुरधाम उपमहानगरपालिकामा अधिकृत किन टिक्दैनन भन्ने बारे पत्रकार अवधेश कामतले भने मेयर साहले आफ्नो अनुकुल कानून बमोजिम हुन नसक्ने काम पनि बलजफ्ती गराउन खोज्दा उत्पन्न विवादका कारण यहाँ अधिकृतहरु बस्न चाहदैनन ।

उनले भने काम गर्ने वातावरण निर्माण नगरी नगरप्रमुखबाट अनावश्यक दबाव दिएको खण्डमा अधिकृत त के कुनैपनि कर्मचारी बस्न चाहदैन । पछिल्लो समयमा धर्मानन्द जोशी र सीता परियार सहितका अधिकृत त मेयरले गरेको दुव्र्यवहारका कारण रोएर सरुवा गराएका छन ।

उपमहानगरपालिकाको चुनावताका अर्जुन सुवेदी यहाँका प्रमुख प्रशासकीय अधिकृतदेखि मदन घिमिरे, उमेश ढुंगाना, प्रदीप साह, सीता परियार, धर्मानन्द जोशी, गोपालप्रसाद रेग्मी सरुवा भइसकेको छन भने अहिले आएर विनोद कुमार खडका हाजिर नभएरै सरुवा गराएर गएका छन ।

अधिकृत आभावले गर्दा महिनौदेखि कोरोना महामारीको समयमा पनि उपमहानगरपालिकाको काम प्रभावित हुँदै गएको छ । हुनत निमित अधिकृतको रुपमा मेहीलाल यादवलाई चयन गरिएको छ तर आर्थिक कार्यभारको जिम्मेवारी उहाँलाई दिइएको छैन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

२०७७ आश्विन २८, बुधबार १७:५२
पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

२०७७ आश्विन २८, बुधबार १७:५२
चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

२०७७ आश्विन २८, बुधबार १७:५२
रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

२०७७ आश्विन २८, बुधबार १७:५२
ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
Blast News

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

२०७७ आश्विन २८, बुधबार १७:५२
ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा
Blast News

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

२०७७ आश्विन २८, बुधबार १७:५२

ताजा खबर

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव