वीरगञ्ज, असोज २२ गते । बारा जिल्लामा १ सय ४७ किलो लागू औषध गाँजा बरामद भएको भोली पल्टै पर्सामा समेत १ सय ३१ किलो गाँजा सहित एकजना पक्राउ परेको छ ।
पर्साको पटेर्वासुगौली ५ देवरियाबाट सो मात्रामा अवैध लागूऔषध गाँजासहित एकजना ४० वर्षीय राजु भनिने राज ओझैया पक्राउ परेका हुन ।
राजुको घरमा बिहीबार बिहान छापा मार्दा लुकाएर राखिएको अवस्थामा १३१ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् ।
प्रहरीका अनुसार पक्राउ परेका राजु वडा नम्बर ५ का वडा सदस्य दुखी ओझैया थारुका छोरा हुन् । वडा सदस्य दुखीभने छोरासँग छुट्टिएर बसेको र कारोबारमा संलग्न नदेखिएको प्रहरीको दाबी छ । उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !