जलेश्वर, असोज २१ गते । चोरीको मोटरसाइकलसहित महोत्तरी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको गौशाला नगरपालिका ८ बस्ने २२ वर्षीय सुनिलकुमार महतो र १९ वर्षीय सुरेन्द्रकुमार साह रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताएका छन ।
आइतबार जिल्लाको सम्सी गाउँपालिका–७ स्थित मन्दिर नजिकबाट भारत बिहारको सीतामढी जिल्ला भेडियाही ग्रामपञ्चायत बस्ने गोविन्द यादवको बीआर ३० एफ ६४३८ को मोटरसाइकल चोरी गरेका थिए ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेकै क्रममा मंगलबार सोही मोटरसाइक चढेर सम्सीबाट गौशालातर्फ जाँदै गरेको अवस्थामा प्रहरीले दुवै जनालाई मोटरसाइकल सहित पक्राउ गरेको हो ।
चोरीका मोटरसाइकलसहित पक्राउ परेका दुवै जनालाई मंगलबार नै चोरी मुद्दामा महोत्तरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरी प्रवक्ता समेत रहेका विष्टले जानकारी दिएका छन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !