एजेन्सी/नयाँदिल्ली, असोज २१ गते । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या मुद्दामा हिरासतमा रहेकी अभिनेत्री रिया चक्रवर्ती जमानतमा छुटेकी छिन् ।
सुशान्तकी प्रेमिका समेत रहेकी रियालाई मुम्बईको उच्च अदालतले जमानतमा छाडेको भारतीय संचारमाध्यमले जनाएका छन् ।
यद्यपी उनका भाई सौविक चक्रवर्ती भने अझै हिरासतमा छन् । उनको जमानत अदालतले अस्वीकार गरेको हो । सीआईबीले सुशान्तको मृत्युको घटनाबारे अनुसन्धान गर्दै जाँदा त्यहाँ लागूपदार्थको धन्दाको विषयहरु खुल्न थालेपछि भारतको लागुपदार्थविरुद्धको संस्था एनसीबीले रियासहित उनका भाईलाई हिरासतमा लिएको थियो ।
रियाको च्याटबाट सुशान्तले ड्रग्स लिने गरेको र रियाले लागुपदार्थ ओसार पसार गर्ने गरेको पाइएको थियो । यस कार्यमा रियाका भाई पनि संलग्न भएको बताइएको छ ।
एनसीबीले दीपिका पादुकोण, सारा अलि खान र श्रद्धा कपुरजस्ता चर्चित कलाकारलाई सुशान्त र लागुपदार्थको बारेमा सोधपुछ गरेको थियो ।
रिया जमानतमा छुटेपनि उनलाई अदालतले केही सर्तहरु प्रस्तुत गरेको छ । शर्त अनुसार रिया अदालतको आदेश बिना देश बाहिर जान पाउने छैनन् ।
अदालतले सुशान्तको घरमा काम गर्ने स्यामुअल मिरान्डा र दीपेश सावन्तलाई पछि जमानतमा छाडेको बताइएको छ । तर ड्रग डिलर भनिएका अब्दुल परिहाकलाई भने जमानतमा छाड्न अस्वीकार गरिएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !