कपिलवस्तु, असोज १६ गते । भारततर्फ लैजाँदै गरेको आधा किलो अवैध सुनसहित प्रहरीले कपिलवस्तुबाट पक्राउ गरेको छ ।
प्रहरीले अवैध सुनसहित ३४ वर्षीय पवनकुमार गुप्तालाई मोटरसाइकल सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । उनलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल रुपन्देही पठाइएको प्रहरीले जनाएको छ ।
लु ५६ प ६३१० नम्बरको मोटरसाइकलमा भारततर्फ जाँदै गर्दा मायादेवी गाउँपालिका ७ बनकसियामा गुप्ताको साथबाट आधा किलो सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
गुप्ताले कम्मरमा बाँधेको नीलो रङको थैलीभित्र २४ क्यारेट सुन ४३ तोला, १८ क्यारेट सुनको सिक्री एक तोला ४७ लाल, १८ क्यारेट सुनको औँठी बरामद गरिएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए। सुनको बजार मूल्य रु ४२ लाख तीन हजार ९६ रहेको प्रहरीले जनाएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !