जनकपुरधाम, असोज १५ गते । धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका एक कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस सहित रंगेहात पक्राउ गरेको छ ।

बिहीवार बिहान उपमहानगरपापलिकाको वडा नम्बर १३ का कार्यालय सहयोगी दिलिप पञ्जियारलाई २४ हजार रुपैया घुस सहित पक्राउ गरिएको हो ।
गोप्य सूचनाको आधारमा आयोगको बर्दिबासबाट खटिएका टोलीले सेवाग्राहीसँग २४ हजार घुस लिदालिदै वडा कार्यालयबाटै पक्राउ गरेको छ ।
अख्तियारका अनुसार ती कार्यालय सहयोगले नागरिकता सिफारिसका लागि वडा सचिव हुँ भनेर सेवाग्राहीसँग सिफारिस गरिदिने भनी २४ हजार रुपैया लिइरहेको क्रममा पक्राउ गरिएको छ । पक्राउ परेका कर्मचारी पञ्जियारलाई नियन्त्रणमा लिई अख्तियारले अनुसन्धान प्रक्रिया अघि बढाइसकेको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !