जनकपुरधाम, असोज १५ गते । बलात्कार आरोपमा महोत्तरीका एक वडा सचिव पक्राउ परेका छन ।
महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ९ का वडा सचिव मिथिलेश यादवलाई मुसहर टोलको एक स्थानीय महिलाले लगाएको आरोपमा पक्राउ गरिएको हो ।
यादवलाई बुधबार राति ९ बजेतिर बलात्कार आरोपको उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टिकाबहादुर केसीले जानकारी दिएका छन् ।
प्रहरी उपरिक्षक केसीले महिला बजारबाट घर जाँदै गई रहेको अवस्थामा बुधबार राती बलात्कारको प्रयास गरेको कुरो बाहिरिएको र बलात्कार भए नभएको त्यसको पुष्टी मेडिकल परिक्षण पछि मात्रै हुने बताए ।
आरोपितलाई हिरासतमा राखि अनुसन्धान प्रक्रिया अघि बढाइ सकिएको उनले बताए । स्थानीयहरुका अनुसार वडा सचिव यादव राति अत्याधिक मदिरा सेवन समेत गरेका थिए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !