Friday, June 26, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रदेश २ सरकार परिवर्तनमा भारतको चासो, आकांक्षीहरुको अध्ययन गरिदै


प्रदेश २ सरकार परिवर्तनमा भारतको चासो, आकांक्षीहरुको अध्ययन गरिदै

जनकपुरधाम, असोज १४ गते । प्रदेश २ को सरकार परिवर्तनमा भारतले चासो देखाएको छ । गत केही दिनअघि सरकार परिवर्तनको कुरा जोडतोडका साथ उठेपनि बाह्य रुपमा सेलाएको थियो ।

तर भारतको चासो बढेपछि आन्तरिक रुपमा सतारुढ जनता समाजवादी पार्टी (जसपा) भित्र पुनः सरकार परिवर्तनको कुरा लिएर माहौल ताँतिएको छ । दलको नेता बन्नेदेखि मन्त्री बन्नेसम्मका आकांक्षीहरु आ आफ्ना लबीमा जुटिसकेका छन ।

तात्कालिन ६ दलीय आबद्ध राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकीकरण भई नयाँ दलको रुपमा जसपा गठन भएपनि सदस्य देखि मन्त्रीसम्मको भागबण्डा तात्कालिन दलीय आधारमा कोटाको रुपमा हुने गरेको पछिल्लो घटना क्रमले देखाएको छ ।

गत दुई महिनाअिघसम्म जसपा नेतृत्वको प्रदेश २ सरकार परिवर्तनको कुरा निकै तातिएको थियो । तर तात्कालिन दलीय भागबण्डा मिल्न नसकेपछि पार्टी विभाजन हुने डरले तत्कालका लागि सरकार परिवर्तनको कुरा थाँतिएको थियो । तर भारतीय सत्तारुढ दलले पुनः चासो बढाएपछि दलभित्र आन्तरिक गृह कार्य शुरु भएको कुरा पार्टी श्रोतले जनाएको छ ।

श्रोतका अनुसार सरकार आबद्ध मन्त्रीहरुलाई दलीय आधारमा शिर्षस्थ नेताहरुले एक महिने अल्टिमेटम समेत केही दिनअघि दिइ सकेको छ । मुख्यमन्त्री देखि मन्त्रीसम्म बन्ने प्रदेश सभा सदस्यहरु आ आफ्ना तात्कालिन दल नेतृत्वकर्ता समक्ष लबी गर्न काठमाडौ दौडाहासम्म गर्न थालेका छ ।

नियमतः संसदीय दलको नेता फेर्ने समय पनि आइसकेको छ । प्रतिनिधि सभातर्फ सभाको कार्यकाल अवधिमा पार्टी गठन भएपछि ७ दिनभित्र संसदीय दलको नेता चुनेर नामावली सहितको विवरण एक साता भित्र पठाइ सक्नुपर्ने हो । र प्रदेश सभातर्फ दल गठनको १५ दिनभित्र संसदीय दलको नेता, प्रमुख सचेतक सहितको नामावली सहितको नयाँ विवरण पठाउनुपर्ने हो ।

पार्टी गठनको ६ महिना बित्न लाग्दा पनि संसदीय सचिवालयको नियमानुसार जसपाले संघीय वा प्रादेशिक संसदीय दलको नेता र प्रमुख सचेतकको विवरण पठाएको छैन । हुनत निर्वाचन आयोगमा दल दर्ता लगतै जसपाभित्र सरकार परिवर्तनको कुरा निकै जोडतोडका साथ उठेपनि भागबण्डा मिल्न सक्दा कुरा सेलाइयो ।

सरकार परिवर्तनको कुरा सेलाइरहेकै क्रममा भारतीय पक्षले आफ्नो चासो बढाएको हो । पार्टी श्रोतले नाम उल्लेख नगर्ने शर्तमा भारतीय सत्तारुढ दल आबद्ध राष्ट्रिय स्वयं सेवक (आरएसएस) ले नेपालको सरकार परिवर्तन बारे अध्ययन गर्न एक प्रतिनिधि नेपाल पठाइसकेका बताएका छन । ती आरएसएस प्रतिनिधिले संसदीय दलका नेताका आकांक्षी रहेकाहरु बारे पार्टी श्रोतबाटै छुट्टा छुट्टै रुपमा अध्ययन थालेका छन ।

को को छन दलको नेताका आकांक्षी

श्रोतका अनुसार तात्कालिन समाजवादी पार्टीबाट वर्तमान सरकारका मुख्यमन्त्री लालबाबु राउत, आर्थिक मामिला तथा योजना मन्त्री एवं प्रदेश अध्यक्ष विजय यादव, ६ दलीय आबद्ध राजपाबाट राजेन्द्र महतोको पक्षबाट उपेन्द्र महतो, महन्थ ठाकुरको पक्षबाट जितेन्द्र सोनलको नाम आ नेतृत्वकर्ताहरुले आ आफ्नो तर्फबाट अघि बढाएको छ ।

आरएसएस प्रतिनिधिले जितेन्द्र सोनल र लालबाबु राउत बारे पार्टी नेतृत्वकर्ताहरुका बाट तिनीहरुको कार्य प्रगति बारे जानकारी लिइसकेको छन । उपेन्द्र महतो र विजय यादव बारे विभिन्न पक्षबाट ती प्रतिनिधिले अध्ययन गरिरहेको श्रोतको दाबी छ । श्रोतका अनुसार तात्कालिन राजपाबाट प्रदेश सभा सदस्य मनिष सुमन र सभामुख सरोजकुमार यादव पनि आकांक्षी रहेका छन । यिनिहरु पनि आ आफ्नो तात्कालिन पार्टीका नेतृत्वकर्ता कहाँ लबी गर्न दबाव बनाइरहेका छन ।

श्रोतको भनाई अनुसार भारतीय पक्षले लालबाबु राउतलाई नै यथावत राख्ने सोचमा रहेका छन । तर अध्ययन प्रतिनिधिले दिएको रिपोर्टको आधारमा विजय यादव, जितेन्द्र सोनल र उपेन्द्र महतोको सम्भावना रहेको छ । नेपालस्थित आरएसएस प्रतिनिधि श्रोतका अनुसार हाल आकांक्षी देखिएका व्यक्तिहरुको कार्यप्रगति र भारतप्रतिको धारणाको प्रष्ट भएपछि मात्रै निर्णय लिइनेछ ।

उनका अनुसार वर्तमान मुख्यमन्त्री नै दलको नेताका लागि उपयुक्त देखिएमा त्यसलाई निरन्तरता दिइनेछ । तर अन्य मन्त्रीहरुमा नयाँ अनुहार थपिनेछ । सरकार भित्र केही मन्त्री विवादित र पार्टी भित्रैबाट आलोचित हुन थालेपछि मन्त्री बन्नेहरु एक वर्षअघि देखि नै तछाड मछाड गर्दै आएका छन । हुनत पछिल्लो समय तात्कालिन राजपाले सामाजिक विकास र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री फेर्ने अन्तिम निर्णयमा समेत पुगिसकेको थियो ।

हुनत दलको नेता चयन वा सरकार परिवर्तन बारे जसपा नेतृत्वकर्ताहरु आ आफ्नो धारणा अघि बढाएको छैन । लोकपुकारले पार्टीको धारणा खोज्न प्रयास गर्दा नेतृत्वकर्ताहरुलाई पटक पटक फोन गर्दा पनि रिसिभ गरेनन ।

यसैबीच जसपा केन्द्रिय नेता वृषेशचन्द्र लालले पार्टी भित्र हाल दलको नेता वा मन्त्री फेर्ने कुरा अघि बढाइएको छैन । लोकतान्त्रिक पद्धति अनुसार आकांक्षी बन्नेहरु आ आफ्ना लबी गर्न सक्छन तर पार्टी भित्र त्यस्तो कुनै चर्चा छैन ।

नियमतः नयाँ दल गठन भएपछि दलको नेता चयन गरिसक्नुपर्नेमा उनले एकीकरण पश्चात गठित दलको विधान अनुसार अहिले समायोजन प्रक्रियामै छ । केन्द्रिय समायोजन भएपछि प्रदेश र जिल्ला स्तरमा समायोजन हुनेछ । समायोजन कार्य टुंगिएपछि दलको नेता वा प्रमुख सचेतकको पनि चयन गरिने बताए । सरकार परिवर्तनमा भारतको चासोप्रति नेता लालले अस्वीकार गर्दौ भने जसपा भित्र कुनै त्यस्तो गतिविधि देखिएको छैन ।

जसपाका एक नेताले नाम नबताउने शर्तमा लोकपुकार संग भने प्रदेश सरकार परिवर्तनमा भारतीय आरएसएसले चासो लिएको कुरा गलत हो । तर केही नेताले भारतीय विभिन्न पक्ष समक्ष आफ्नो हाइप्रोफाइल बनाउन समय समयमा यस्ता कुराहरु फिजाउंदै आएको हो । उनले भने हाल प्रदेश २ को मात्रै होइन केन्द्रिय सरकार गठन वा परिवर्तनमा पनि भारतको चासो वा दबाव लगायतका कुरा विगतदेखि फैलाउंदै आएको हो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

२०७७ कार्तिक २४, सोमबार ०८:४३
मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

२०७७ कार्तिक २४, सोमबार ०८:४३
न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०७७ कार्तिक २४, सोमबार ०८:४३
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०७७ कार्तिक २४, सोमबार ०८:४३
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०७७ कार्तिक २४, सोमबार ०८:४३
मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

२०७७ कार्तिक २४, सोमबार ०८:४३

ताजा खबर

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव