जनकपुरधाम, असोज ९ गते । जनकपुरधामको सोनार पट्टी (पुरानो बजार) स्थित सुनचाँदी पसल र कारखानामा राजश्व अनुसन्धान टोली छापामारी गरेको छ ।
राजश्व कार्यालय पथलैयाको टोलीले गोप्य उजुरीको आधारमा जनकपुरधाम उपमहानगरपालिका ५ स्थित विभिन्न १० वटा सुनचाँदी पसल र कारखानामा छापा मारेको बताइएको छ । राजश्व कार्यालय पथलैयाका प्रमुख राजन बिसीको नेतृत्वमा रहेको टोलीले सो पसलमा छापा हानेको हो ।
तर अनुसन्धान टोलीले अनुसन्धानमा असर पर्न सक्ने भन्दै कुन कुन पसलमा छापामारी गरेको बताउन चाहेको छैन ।
राजश्व कार्यालय पथलैयाका प्रमुख राजन बिसीले लोकपुकार सँग भने केही सुनचाँदीका पसल तथा कारखानाका कागजातहरु अनुसन्धानका लागि लिएका छौं तर कुन कुन पसलको लिइएको भन्ने कुरा अनुसन्धानमा असर पर्न सक्ने भएको हुनाले भन्न मिल्दैन ।
उनले अनुसन्धान गरेर मात्रै उनीहरुको कागजात बुझाइने जानकारी दिदै कुनै कमीकमजोरी देखिए कारबाही प्रकृया समेत अगाडी बढाइनेछ भने ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !