बिहार, असोज ७ गते । गत केही दिनदेखि नेपालको तराई क्षेत्रमा भइरहेको निरन्तर वर्षाले भारत बिहारको हाल बेहाल भएको छ ।
तराई क्षेत्रबाट बिहारतर्फ निस्केको विभिन्न नदीमा वर्षातले गर्दा पानीको बहाव निकै बढेको छ । सो पानीले गर्दा बिहारको पश्चिमी चम्पारण बगिरहेको गण्डक नदीमा ४.५० लाख क्यूसेक पानीको बहाव हुन थालेको छ ।
बिहीवार पश्चिमी चम्पारणको बाल्मिकीनगरमा जलस्तरमा वृद्धि भएको छ भने पूर्वी एवं पश्चिमी चंपारण सहित ठूलो आबादी भएका गोपालगंजमा बाढी जाने सम्भावना निकै बढेको छ । बुधवार बाल्मिकीनगर बराजमा पानीको बहाव दुई लाखभन्दा कम क्यूसेक रहेको थियो तर बिहीवार भएको वर्षाले बढेर ४.१४ लाख क्यूसेक बढेर गएको बताइएको छ ।
बाढी जाने सम्भावनालाई दृष्टिगत गर्दै बाल्मिकीनगर गण्डक बजार एवं जिल्ला प्रशासन एलर्ट भइसकेको छ । जल संसाधन विभाग के अभियंताहरुको टीम तटबन्धमा दिनरात निगरानी बढाइसकेको छ । निरन्तर भइरहेको वर्षातले गर्दा उत्तर बिहार बाहेक राज्यको सीमावर्ती क्षेत्रका कयौ गाउँ डूबानमा परेका छन भने कयौं गाउँमा बाढीको सम्भावना बढेको छ ।
हुनत अररिया जिल्लाको सिकटी स्थित दर्जनौ गाउँमा बाढीको पानी प्रवेश गरिसकेको छ । सिकटी स्थित नूना नदी समेत पानीको बहाव तेज भएको छ । दहगामा ईदगाह नजिक भएर बग्ने सो नदीको पानीले १० वटा घर भत्सिकेको छ भने पडरिया र खोरागाछ पंचायतका दर्जनौ गाउँ समेत डूबानमा परेको छ । कति बेला बाढीले घर बगाउँछ सोचेर स्थानीय जागेर नै राति बिताइरहेको कुरा हाम्रा प्रवासी संवाददाताले बताएका छन ।
त्यस्तै नेपाल हुदै बकरा नदीमा गएको बाढीको पानीले गर्दा अररिया प्रखण्ड नजिकका करीब एक दर्जन गाउँमा पानी फैलिसकेको छ । पानीको तेज बहावले गर्दा ग्रामीण क्षेत्रका सडक टुटफुट हुन गएको कारण यातायात सहित स्थानीयलाई पैदल यात्रा गर्न समेत समस्या उत्पन्न भएको छ । जिल्लाको सिकटी प्रखंडबाट पलासी जाने बाटो समेत बाढीको पानीले गर्दा अवरुद्ध हुन गएको छ । त्यहाँ कयौं घरमा बाढीको पानी प्रवेश गरिसकेको कारण स्थानीयलाई खानाको समस्या सहित सयौं विग्घाको फसल पानीमा डूबिसकेको छ ।
नेपालको तराई क्षेत्रमा भइरहेको निरन्तर वर्षाले अररिया जिल्ला मात्र होइन मधुबनी, सुपौल र सितामढी जिल्लाका केही क्षेत्रमा समेत बाढीको पानी प्रवेश गरिसकेको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !