जनकपुरधामा असोज ५ गते । कक्षा ११ मा भर्ना हुन माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अंग्रेजी, गणित र विज्ञानमा न्यूनत्तम ‘डी प्लस’ ल्याउनै पर्ने प्रावधान राष्ट्रिय पाठ्यक्रम विकास केन्द्र तथा मूल्यांकन परिषद्ले हटाएको छ ।
संचार माध्यमहरुले एसईईमा डी प्लस ल्याउनै पर्ने प्रावधानले हजारौ विद्यार्थी पढनबाट वंचित भएको भन्ने समाचार प्रकाशन/प्रसारण गरेपछि परिषद्ले निर्णय सच्याएको केन्द्रका एक अधिकारीले जानकारी दिएका छन ।
ती अधिकारी भन्छन्, ‘जीपीए १.६ र डी प्लस दुवै ल्याउनु पर्ने प्रावधान राख्दा हजारौं विद्यार्थीले कक्षा ११ पढ्न नपाउने भएपछि त्यो निर्णय सच्याएका हौं ।
परिषद्को भदौ ११ गते बसेको बैठकले एसईईमा औसत ग्रेड प्वाइन्ट (जीपीए) १.६ ल्याएका विद्यार्थीले कक्षा ११ मा भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणित बाहेकका विषय पढ्न पाउने निर्णय गरेको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशवप्रसाद दाहालले जानकारी दिए ।
कक्षा ११ मा भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणित विषय पढ्न भने एसईईमा जीपीए १.६ सँगै अंग्रेजी, विज्ञान र गणितमा ‘सी प्लस’ पनि ल्याउनै पर्दछ ।
विद्यालय तहमा निरन्तर विद्यार्थी मूल्यांकन र अक्षराङ्कन पद्धतिका बारेमा अध्ययन गरी प्रतिवेदन पेश गर्न राष्ट्रिय योजना आयोगका सदस्य डा. उषा झाको अध्यक्षतामा समिति गठन भएको केन्द्रका महानिर्देशक दाहालले बताए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !