जनकपुरधाम, असोज ५ गते । कोरोना संक्रमणबाट पछिल्लो एकै दिनमा १८ जनाको मृत्यु भएको छ भने १ हजार ३ सय २५ जनामा संक्रमति भएका छन ।
आइतवार वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंकम ४, पर्सा र चितवनका २र२ जना तथा ललितपुर, भक्तपुर, मकवानपुर, रुपन्देही, पाल्पा, बाँके, बारा, रौतहट, सप्तरी र धनुषाका १÷१ जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभरका प्रयोगशालामा ९ हजार ५ सय ८४ नमुना परीक्षण गर्दा ४ सय ६९ महिला र ८ सय ५६ पुरुष गरी १ हजार ३ सय २५ मा संक्रमण पुष्टि भएको हो । आइतवार धनुषाका ७६ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको छ ।
संक्रमणबाट मृत्यु हुनेहरु
- वीरगञ्ज महानगरपालिका ४, पर्साका ७८ वर्षीय पुरुषको नेशनल मेडिकल कलेज मातहतको होटल आइसोलेसनमा शनिबार मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि भदौ ३१ गते भर्ना भएका उनी प्यारालाइसिस र कलेजसम्बन्धी रोगका पुराना रोगी थिए ।
- वीरगञ्ज महानगरपालिका(६, पर्साका ८८ वर्षीय पुरुषको आइतबार नारायणी अस्पतालमा मृत्यु भएको छ । मिर्गौला, मुटुसम्बन्धी दिर्घ रोगबाट पीडित यनलाई कोरोना संक्रमण भएको शनिबार बेलुका मात्र पुष्टि भएको थियो ।
- गोंगबु, काठमाडौंकी ६० वर्षीया महिलाको शनिबार हृयाम्स अस्पतालमा मृत्यु भएको छ । मधुमेह, उच्च रक्तचाप र थाइराइडकी बिरानी उनलाई भदौ ३१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमा बसेकी उनलाई श्वासप्रश्वासमा समस्या भएपछि शनिबार अस्पताल लगिएको थियो ।
- कालीमाटी, काठमाडौंकी ४० वर्षीया महिलाको ग्राण्डी अस्पतालमा आइतबार मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या र सेप्टिक शव भएर २१ भदौमा अस्पताल भर्ना भएकी उनलाई कोरोना संक्रमण भएको २३ गते पुष्टि भएको थियो ।
- नर्भिक अस्पतालमा शनिबार मृत्यु भएकी भीमसेनस्थान, काठमाडौंकी ६३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । मधुमेह र उच्च रक्तचापकी विरामी उनी श्वासप्रश्जासमा समस्या भएर २ गते अस्पताल पुगेकी थिइन् ।
- कपन, काठमाडौंका ८२ वर्षीय पुरुषको शनिबार त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ । मधुमेह र श्वासप्रश्वासका विरामी उनी २८ गते अस्पताल भर्ना भएका थिए ।
- कालिका नगरपालिका ५, चितवनकी ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएर भदौ २६ गते अस्पताल भर्ना भएनकी उनलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनी उच्च रक्तचापबाट पनि पीडित थिइन् ।
- चितवनका ८० वर्षीय पुरुषको त्रिवि शिक्षण अस्पतालमा शनिबार मृत्यु भएको छ । मधुमेह, उच्च रक्तचाप र निमोनियाका बिरामी उनी भदौ १८ मा अस्पताल भर्ना भएका थिए र १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
- पाटन, ललितपुरकी ७५ वर्षीया महिलाको नोबल अस्पतालमा आइतबार मृत्यु भएको छ । मधुमेहकी बिरामी उनी मुटुसम्बन्धी समस्या आएर शनिबार अस्पताल भर्ना भएकी थिइन् । उनको पीसीआर गर्दा पोजेटिभ आएको थियो ।
- भक्तपुरकी ७२ वर्षीया महिलाको शनिबार पाटन अस्पतालमा शनिबार मृत्यु भएको छ । मधुमेह र पिसाबको संक्रमणकी बिरामी उनी कोरोना संक्रमण पुष्टि भएपछि १९ भदौमा अस्पताल भर्ना भएकी थिइन् ।
- हेटौंडा उपमहानगरपालिका(१०, मकवानपुरकी १७ वर्षीया युवतीको चितवन मेडिकल कलेज, भरतपुरमा मृत्यु भएको छ । ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि भदौ २२ गते अस्पताल भर्ना भएकी उनलाई कोरोना संक्रमण भएको २४ गते पुष्टि भएको थियो ।
- बुटवल उपमहानगरपालिका(११, रुपन्देहीका ६७ वर्षीय पुरुषको सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा शनिबार मृत्यु भएको छ ।
- नेपालगञ्ज उपमहानगरपालिका( २१, बाँकेका ५९ वर्षीय पुरुषको शनिबार भेरी अस्पतालमा मृत्यु भएको छ । भदौ २० गते अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण भोलिपल्ट पुष्छि भयो । उनलाई प्लाज्मा समचे दिइएको थियो ।
- कलैया उपमहानगरपालिका १३, बाराका ६५ ववर्षीय पुरुषको नेसनल मेडिकल कलेज अस्थायी कोरोना अस्पतालमा मृत्यु भएको छ । प्यारालाइसिसका बिरामी उनको मिर्गौलामा पनि समस्या देखिएपछि असोज १ गते अस्पताल भर्ना गरिएको थियो ।
- गौर नगरपालिका, रौतहटका ६१ वर्षीय पुरुषको नेसनल मेडिकल कलेज अस्थायी कोरोना अस्पतालमा मृत्यु भएको छ । उच्च रक्तचाप, मधुमेह रोगबाट पीडित उनी असोज १ गते अस्पताल भर्ना भएका थिए ।
- बिष्णुपुर गाउँपालिका ३, सप्तरीकी ६२ बर्षीया महिलाको आइतबार राजविराजस्थित साइकृष्णा आइसोलेसन केन्द्रमै मृत्यु भएको छ ।
- त्यस्तै पाल्पाकी ४० वर्षीया महिलाको समेत मृत्यु भएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !