जनकपुरधाम, असोज ४ गते । जनता समाजवादी पार्टीका नेता डा. शत्रुध्न यादव अधिकार प्राप्तिको राजनीतिमा सक्रिय भएका छन ।
धनुषा जिल्ला लक्ष्मिनियाँ गाउँपालिकाका अध्यक्ष विन्देश्वर यादवका छोरा डा. शत्रुध्न यादव प्रदेश २ मा मधेशवादी दलको सरकार गठनले मधेशीले अधिकार पाउनेछ विश्वासका साथ आफ्नो पेशातर्फ सक्रिय भएका थिए ।
तर संघीय सरकारको विभेदकारी नितीको कारणले प्रदेश स्थित सरकार मधेशी जनताको अधिकार प्राप्तिका लागि निरिह हुन थालेपछि पुनः अधिकार प्राप्तिका लागि राजनीतिमा सक्रिय भएका छन ।
लोकपुकारसँग कुरा गर्दै उनले भने पछिल्लो निर्वाचन पश्चात मधेशवादी दलले प्राप्त गरेको मतले प्रदेशमा सरकार गठन सहित विभिन्न स्थानीय तहमा समेत अधिपत्य जनाएपछि मधेशी जनताले आफ्नो अधिकार पाउनेछ सुनिश्चितता देखेपछि आफ्नो चिकित्सा पेशमा सक्रियता बढाए । तर तीन वर्ष बित्न लाग्दा पनि मधेशी जनता संवैधानिक अधिकारबाट वंचित नै रहेकोले अधिकार प्राप्तिका लागि पुनः राजनीतिमा सक्रियता बढाउनु परेको हो ।
नेता यादवले तीन तीन पटकको मधेश आन्दोलन पश्चात पनि मधेशी जनताले संविधानमा आफ्नो पुर्ण अधिकार प्राप्त नगरेसम्म आफ्नो राजनीतिक आन्दोलनको रुपमा जारी रहने बताए ।
हुनत नेता यादव विद्यार्थी जीवन कालदेखि समाज सेवा र राजनीतिमा आबद्ध छन । तर सक्रिय राजनीतिमा उनी पहिलो मधेश आन्दोलनदेखि नै लागेका हुन । तात्कालिन तराई मधेश लोकतान्त्रिक पार्टीबाट राजनीति यात्रा शुरु गरेका यादव तेश्रो मधेश आन्दोलनसम्म आफ्नो सक्रिय भूमिका निर्वाह गरिसकेका छन ।
हाल तात्कालिका संघीय समाजवादी फोरम नेपालबाट लक्ष्मिनिया गाउँपालिकाका अध्यक्षमा निर्वाचित यादव यसअघि तात्किालिन लक्ष्मिनिया गाविसका प्रधानपंच रहिसकेका छन । बुवा संगै डा. शत्रुध्न यादव समाज सेवामा आबद्ध रहेका कारण सो क्षेत्रमा समाजिक अगूवाको रुपमा उनको छुट्टै पहिचान रहेको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !