Wednesday, April 29, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

एकडेढ वर्षभित्रै जनकपुरबाट विरगञ्ज पनि रेलबाटै सररर ……

पांच वर्षमै सम्पन्न गरिने राष्ट्रिय गौरवको आयोगना रेलमार्ग डिपिआरमै सिमित


सुभाष कर्ण/जनकपुरधाम, असोज ४ गते । भारतीय सीमा जयनगरबाट जनकपुरधाम कुर्थासम्मको रेल यात्रा संचालन हुने अन्तिम प्रक्रियामा छ ।

भारतीय लगानीमा जयनगर—जनकपुर—कर्था—बर्दिबाससम्मको ६९ किलोमीटर रेलवे यातायात मध्ये जयनगर—जनकपुर—कुर्थासम्म ३५ किलोमीटरका लागि ट्रयाक, लिक, पुल र हाल्टको निर्माणको कार्य पुरा भई संचालनका लागि दुई सेट रेल समेत आफ्नै लगानीमा नेपाल सरकारले भित्रियाइ सकेको छ ।

सम्भवतः आगामी विवाह पञ्चमीदेखि संचालन हुनेछ । जयनगर जनकपुर रेल सेवा संचालनमा आइसकेपछि बाम गठबन्धन सरकारले घोषणा गरेको पुर्व मेचीदेखि महाकाली रेलमार्ग सञ्जाल आयोजनाको यो पहिलो जित हुनेछ ।

यो संगसंगै नेपालको आफ्नै लगानी बर्दिबास देखि भारतको रक्सौल जोडने विरगंजसम्मको रेलमार्गको निर्माण कार्य पनि तिव्ररुपमा अघि बढिरहेको कारण एकडेढ वर्ष भित्र संचालनमा आउने रेलवे विभागका महानिर्देशक बलराम मिश्रले बताएका छन ।

उनले भने बर्दिबास देखि विरगंजसम्मको १ सय ३६ किलोमीटर रेलमार्ग मध्ये ७० किलोमीटरभन्दा बढीमा ब्लास्ट र ट्रयाकमा पटरी ओछयाउने बाहेकका अन्य पुल कल्भर्ट पुर्वाधारको काम सम्पन्न भइसकेको छ । त्यसमा बीचमा पर्ने केही जंगली क्षेत्रमा रुख कटानी गरेर माटो पुर्ने काम पनि तिव्रगतिमा भइरहेको छ ।

पुर्व मेचीदेखि महाकाली अन्तर्गत जयनगर—बर्दिबास र बर्दिबास—विरगंज रेल संचालमा आइसकेपछि जनकपुर सहित प्रदेश २ को सांस्कृति र पर्यटकीय सहित आर्थिक क्षेत्रमा ठूलो क्रान्ति ल्याउने नेपाल सरकारको दाबी छ । दुई सय किमी प्रति घण्टा गुड्ने योजना सहित विद्युतिय रेल बर्दिबास—वीरगञ्ज रेल संचालनमा आएपछि बर्दिबासबाट वीरगंज मुश्किलले पौने एक घण्टा भित्रै पुग्न सकिने विभागको भनाई छ । ।

भारतीय पक्षले रक्सौल ५ किलोमीटरसम्म निर्माण कार्य सम्पन्न गरिसकेको छ । बर्दिवास–सिमरा १०८ किमिको बर्दिवासदेखि लालबन्दीसम्मको २५ किमि खण्ड पुर्वाधार निर्माण कार्य पुर्ण रुपमा सम्पन्न गरेको छ ।

विभागले अगाडि बढाएको रेलको खण्डमध्ये सबैभन्दा अगाडि बढेको र नेपाली भूमिमा निर्माण हुने पहिलो खण्ड पनि यही बर्दिवास सिमरा हुनेछ । बर्दिवासदेखि निजगढसम्मको ७० किमि रेलमार्ग बनाउन १० वटा ठूला पुल बनाउने काम पनि जारी रहेको छ । अवस्था समान्य भए सबै निर्माण कार्य पुरा गरी एकडेढ वर्ष भित्रै सो रुटमा रेल संचालनमा आउने विभागको दाबी छ ।

महानिर्देशक मिश्रले कोरोना महामारीका कारण बर्दिंबास—विरगंज निर्माण कार्य र काठमाडौ—रक्सौल डिपीआर निर्माण लगायतका रेलवे पुर्वाधार निर्माण कार्य प्रभावित भएको बताउंदै चाँडै यसमा तिव्रता दिइने भने ।

वि.सं. २०६७ मा साउन महिनामा भारतीय कम्पनी राइटस कन्सल्टयान्टले प्रतिकिलोमीटर ३५ देखि ४५ करोड लागत लाग्न सक्ने सहितका सम्भाव्यता अध्ययन गरेको आधारमा पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ५ वर्षभित्र पुरा गर्ने गरी राष्ट्रिय गौरवको आयोजनाको सूचीमा राखेर ६९ अर्ब ५२ करोडको लागतमा ९४५ किमिको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म रेलमार्गको कार्य अघि बढाएका थिए ।

भारत सरकारको लगानीमा सीमावर्ती क्षेत्र जोड्ने जयनगर जनकपर, जोगवनी विराटनगर, जलपाईगोरी काकडभिट्ठा भैरहवा सुनौली रुपैडिया नेपालगंज रेलवे यातायात पुर्वाधार निर्माण कार्य अघि बढाइएको छ ।

पुर्व पश्चिम रेलमार्ग योजना सुस्त गतिमा

पाँच वर्षमा राष्ट्रिय गौरवको आयोजना पुर्व पश्चिम रेलमार्ग सम्पन्न गर्ने योजना अन्तर्गत १० वर्ष पुरा भइसक्दासम्म डिपिआरमै अल्झिएको छ । पूर्व–पश्चिम रेलमार्गको काँकडभिट्टादेखि बर्दिवासम्मको २४७ किमिको विस्तृत डीपीआर तयार भएको छ । बर्दिवास–इनरुवा र इनरुवा–काँकडभिट्टासम्मको पनि डीपीआर मात्र सम्पन्न भएको हो ।

विभागका अनुसार पश्चिम खण्डको बुटवल–लमही, लमही–कोहलपुर, कोहलपुर–सुक्खड, सुक्खड–गड्डाचौकीसम्म चार खण्डमा डीपीआर बनाउने काम भइरहेको छ । पूर्व–पश्चिम रेलमार्ग राष्ट्रिय गौरवको आयोजनामा राखिएको भए पनि कामको गति भने निकै सुस्त देखिएको छ ।

अहिलेसम्म यो रेलमार्ग पूरै खण्डको विस्तृत परियोजना अध्ययन प्रतिवेदन (डीपीआर) बनिसकेको छैन । विभागले खण्डगत रूपमा डीपीआरको काम गरिरहेको छ। बुटवल–गड्डाचौकी ४२१ किमिको डीपीआर निर्माणको कार्य जारी रहेको छ । काठमाडौं–वीरगन्ज लिंक रेलमार्गको डीपीआर पनि परामर्शदाता छनौट भएपनि कोरोना महामारीको कारण रोकिएको छ ।

पछिल्लो समय चर्चामा रहेका तराईका २४ जिल्ला हुँदै ल्याइने रेल निर्माण हुन सके नेपाललाई सबैभन्दा बढी फाइदा पुग्ने भएकोले सरकारले रेलमार्गलाई प्राथमिकता दिएको अवस्थामा १० वर्षभित्र पूर्व–पश्चिम रेल कुद्ने विभागको दाबी छ ।

अन्तर्राष्ट्रिय रेलवे नेटवर्कमा जोडने योजना

lokpukar

निर्माणाधीन पूर्व–पश्चिम रेलमागलाई अन्तर्राष्ट्रिय रेलवे नेटवर्कमा जोड्न सकिने बताइएको छ। यो रेलमार्गलाई ट्रान्स एसिया रेल वे नेटवर्कअन्तर्गतका २६ वटा देशसँग जोड्न सकिने विभागको भनाई छ । यो रेलवे लाइन सिंगापुर, मलेसिया, थाइल्यान्ड, बर्मा, बंगलादेश, भारत हुँदै नेपालसम्म आइपुग्नेछ ।

नेपालको पूर्वी भाग काँकडभिट्टाबाट नेपाल प्रवेश गर्ने यो रेलमार्ग पश्चिमबाट पुनः भारत हुँदै जान्छ । यो पाकिस्तान, अफगानिस्तान, इरान हुँदै टर्कीबाट युरोपसम्म पुग्ने जानकारी उपाध्यायले अन्नपूर्णलाई दिए । यो रेलवे नेटवर्कले रसिया, अजरबैजान, कोलम्बिया, चीन, इन्डोनेसिया, काजकिस्तान, लाओस, दक्षिण कोरियालगायत मुलुक समेट्न सकिन्छ ।

ट्रान्स एसियन रेलवे लाइन नौ हजार २८९ किलोमिटर छ। नेपाललाई ट्रान्स एसियन रेलवे लाइनको मिसिङ लाइनमा राखिएको उल्लेख छ। भारतले नेपाललाई यो नेटवर्कमा नपार्न चलाखी गरिरहेको पनि विभागको भनाइ छ ।

पाँच वर्षभित्र विभिन्न खण्डमा रेलमार्ग निर्माण गर्ने घोषणा वाम गठबन्धनले गरिसकेको अवस्था छ। घोषणा अनुसार आगामी पाँच वर्षमा पूर्व–पश्चिम रेल (९४५ किमि), रसुवागढी–काठमाडौं–पोखरा, लुम्बिनी (२८७ किमि), काठमाडौं–वीरगन्ज (२०० किमि), हुलाकी राजमार्ग (१२०० किमि) रेलमार्ग बनाउनु पर्ने चुनौती गठबन्धनलाई छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने
Blast News

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप
Blast News

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट
Blast News

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड
Blast News

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता
Blast News

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग
Blast News

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

ताजा खबर

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव