जनकपुरधाम, असोज १ गते । वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी राजेश्वर नेपाली पत्नी शोकमा परेको छ ।
पत्रकार नेपालीका धर्मपत्नी एवं जनकपुरधामबाट प्रकाशित विश्व जागरण दैनिक पत्रिका सम्पादक राघवेन्द्र साहकी आमा ७० वर्षिय सरस्वती देवी साहको गएराति असामयिक निधन भएको हो । उनको निधनले वरिष्ठ पत्रकार नेपाली परिवारको परिवार शोकमा डुबेको छ ।
उनको निधनले दैनिक विश्व जागरणका सम्पादक राघवेन्द्रको भावी योजना माथि बज्रपात परेको जस्तै भएको छ, पत्रकार कमल साहले बताएका छन । नेपाली परिवारद्वारा निर्माणाधीन रविन्द्र साह मेमोरियल अस्पतालको समुदघाटन पत्रकार नेपाली र उनको श्रीमति सरस्वतीबाटै गराउने योजना रहेको थियो ।
स्व. साहको एक छोरा, तिन छोरी र तिन नाती÷नातिनी रहेका छन् ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !