काठमाण्डौ : अभिनेत्री रेखा थापाको स्टारडम कमजोर हुन थाल्नु र अभिनेत्री प्रियंका कार्कीको लोकप्रियता चुलिनु लगभग एकै समयमा भएको थियो । यसकारण पनि कतिपय रेखालाई विस्थापित गर्ने अभिनेत्रीको रुपमा प्रियंकालाई लिने गरेका छन् । ‘नाईं नभन्नू ल’ सिरिजमा काम गरेपछि एकाएक चर्चामा आएका उनलाई ‘झोले’, ‘छक्का पञ्जा’ लगायतका फिल्मले सफलताको उत्कर्षमा पुर्याएका थिए ।
तर, गुणस्तरभन्दा संख्यात्मक अभिनयमा जोड दिन थालेपछि प्रियंकाले आफ्नो क्रेज र स्टारडम बचाउन सकिनन् । पछिल्लो समय उनी लिड अभिनेत्रीको रुपमा रहेका कुनै फिल्म बक्सअफिसमा सफल छैनन् । केही वर्ष अगाडिसम्म उनको नामले फिल्मको इनिसियल व्यापार राम्रो हुने विश्वास निर्माता तथा निर्देशकमा थियो । तर, अहिले मेकरले उनको विकल्प खोज्न थालेका छन् ।
फिल्मी करिअर ओरालो लाग्न थालेपछि गत वर्ष उनले अभिनेता आयुष्मान देशराज जोशीसँगको दुई वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरिन् । विवाह गर्नुभन्दा अगाडि उनीहरुले काठमाडौंको भैंसेपाटीमा नयाँ घर किनेका थिए । अहिले उनीहरु त्यही बस्दै आएका छन् । विवाह भएको केही हप्तामा देश लकडाउन भएपछि उनीहरु हनिमुनमा समेत निस्कन पाएका छैनन् ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !