Wednesday, July 29, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रदेश २ को बजेटमा मनपरी : प्रदेश सभाको भोजभतेरमा मात्रै करीब ४ करोड


जनकपुरधाम, भदौ २६ गते । आर्थिक वर्ष २०७७/०७८ का लागि प्रदेश २ को विनियोजित बजेटमा निकै छाडापन देखिएको छ ।

प्रदेश सरकारले विनियोजन गरेको बजेटमा तलब र अन्य कार्यक्रममा मनपरीका साथै प्रदेश सभाको सभामुख, उपसभामुख, सदस्य तथा सचिवाललयको भोजभतेर, भ्रमण तथा अतिथि सत्कारका लागि करीब ४ करोड रुपैया विनियोजन गरेको लोकपुकारले तथ्यांक फेला पारेको छ ।

प्रदेश सभाको भोज भतेरका लागि दुई शिर्षकमा ९८ लाख रुपैया छुटयाएको छ । लोकपुकार टीमले रातो किताबमा गरेको अध्ययन अनुसार प्रदेश सभाको वार्षिकोत्सवको लागि ५० लाख र सभामा हुने विभिन्न उत्सवमा भोज भतेरका लागि ४८ लाख रुपैया विनियोजन गरिएको छ ।

त्यस्तै अतिथि सत्कारमा एक करोड ५८ लाख ५६ हजार रुपैया विनियोजन गरेर ब्रम्हलुट नै मचाएको देखिन्छ । विनियोजित बजेट अनुसार प्रदेश सभा सदस्यको अतिथि सत्कारका लागि १० लाख २० हजार, पदाधिकारीको अतिथि सत्कार तथा चियापनका लागि ४८ लाख, सचिवालयको अतिथि सत्कारका लागि १५ लाख र छुट्टै अतिथि सत्कारका लागि ३२ लाख ४० हजार रुपैया बजेट छुटयाएको हो ।

विनियोजित बजेटको दस्तावेज अर्थात रातो किताबमा सभामुख सरोजकुमार यादवका लागि संसदीय निर्वाचन क्षेत्र बाहेक कानून विपरित निर्वाचन क्षेत्र विकास कार्यक्रम शिर्षक राखेर ३ करोड रुपैया उल्लेख गरिएको छ ।

कानूनतः मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गत सभामुख, उपसभामुख, मुख्यमन्त्री, मन्त्री लगायत सबै प्रदेश सभा सदस्यको एकमुष्ट रकम तोकि बजेट विनियोजित गरिन्छ । तर सभामुख यादवका लागि मुख्यमन्त्री कार्यालयबाट वितरित योजना बाहेक छुट्टै शिर्षक खडा गरी ३ करोड रुपैयाको बजेट विनियोजन गरिएको हो ।

त्यति मात्र होइन सभामुख, उपसभामुख, सदस्य र कर्मचारी सहितको भ्रमणका लागि मात्रै एक करोड ५ हजार रुपैया बजेट छुटयाइएको छ । रातो किताब अनुसार अनुमन मूल्यांकन सहितको भ्रमणको लागि ३० लाख ९६ हजार, सभामुख, उपसभामुख तथा प्रतिनिधिको आन्तरिक भ्रमणको लागि ४५ लाख, सचिवालय कर्मचारीको भ्रमण २४ लाख र निजामति कर्मचारीको भ्रमणका लागि साढे ४/४ लाखको दरले ९ लाख रुपैया विनियोजन गरिएको छ ।

यसका साथै बजेट विनियोजनमा प्रदेश सभाको मनपरी यहाँसम्म मात्रै सिमिति नभई प्रदेश सभामा खेलकुद स्थल कभर्ड हल निर्माणका लागि एक करोड रुपैयाका साथै हाल प्रदेश सभा भित्र पर्याप्त भवन भएपनि भवन मरम्मत, सम्भार, कालेपत्रे, कम्पाउण्डवाल र केही निर्माणको नाममा ५ करोड ६८ लाख रुपैया रकम छुटयाइएको छ ।

प्रदेश सभा हल विस्तारका लागि एक करोड, समिति सभापति र क्यान्टीन भवनको लागि ५० लाख, सुरक्षाकर्मी आवास ५० लाख, कार्यालयको भवनका लागि ६० लाख, सभा भवन मरम्मत सम्भार ३० लाख, कम्पाउण्डवाल निर्माण एवं तारबारका लागि २ करोड, सुरक्षा पोष्टका लागि ८ लाख, सभाभित्र कालेपत्रेका लागि ३० लाख, गेट निर्माणका लागि १० लाख र सभाभित्र ढल निर्माणका लागि ३० लाख रुपैया बजेट विनियोजन गरिएको हो ।

बजेट विनियोजनमा यी मनपरी प्रदेश सभामा मात्रै नभई प्रदेश सरकारका मुख्यमन्त्री सहित अन्य मन्त्रालय समेत विकास निर्माणको कार्यक्रम कटौती गरी भोग विलासिता र संवैधानिक व्यवस्था विपरित कार्यकर्ता पाल्ने उद्देश्यका साथ उपभोक्ता समितिमुखी बजेट प्रदेश सरकारले विनियोजन गरेको ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

प्रदेश सबल भएमात्रै संघीयताकाे सफल कार्यान्वयन
Blast News

प्रदेश सबल भएमात्रै संघीयताकाे सफल कार्यान्वयन

पत्रिका टेण्डर  छाप्न नपाउने  संशाेधनविरूद्ध मुद्दा
Blast News

पत्रिका टेण्डर छाप्न नपाउने संशाेधनविरूद्ध मुद्दा

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित
Blast News

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या
Blast News

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ
Blast News

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ
Blast News

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ

ताजा खबर

प्रदेश सबल भएमात्रै संघीयताकाे सफल कार्यान्वयन

प्रदेश सबल भएमात्रै संघीयताकाे सफल कार्यान्वयन

पत्रिका टेण्डर  छाप्न नपाउने  संशाेधनविरूद्ध मुद्दा

पत्रिका टेण्डर छाप्न नपाउने संशाेधनविरूद्ध मुद्दा

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव