जनकपुरधाम, भदौ २० गते । स्कुल अफ डेमोक्रेसी कोभिड १९ क्विक रेस्पोन्स टिमले जनकपुरधाममा कोरोना संक्रमणका कारण अन्य रोगका बिरामीहरु उपचार पाउन समस्या भई रहेको मध्यनजर गर्दै निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
कोरोना महामारीका कारण अन्य प्रकृतिका बिरामीहरुले उपचार पाउन गाह्रो परिरहेको समयमा जनकपुरधाम उपमहानगरपालिका १ धर्मवान टोलमा स्कुल अफ डेमोक्रेसीले शनिवार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा १ सय ४७ जना बिरामीले सेवा लिएका छन ।
स्वास्थ्य शिविरमा सर्दीजुकाम, हाडजोर्नी, महिला तथा बालबालिका स्वास्थ्य समस्या, नाककान घाँटी, दाँत र दिर्घरोग सहित विभिन्न रोगका बिरामीहरु चेकजाँच गर्नुका साथै निशुल्क प्याथलोजी टेस्ट र औषधि समेत गरिएको स्कुल अफ डेमोक्रेसीका राकेश बिक्रम साहले जानकारी दिए ।
शिविरमा चेकजाँचको क्रममा कोरोना शंकास्पद देखिएकालाई प्रादेशिक अस्पतालमा रेफर गरिने जानकारी दिदै उनले यो अभियान प्रत्येक साता शनिबारका दिन जनकपुरका विभिन्न वडामा निरन्तर संचालन हुने बताए ।
सो निःशुल्क स्वास्थ्य शिविरमा डाक्टर शरद यादव, बिपिन यादव, अभिजित साह, दात मुख विशेषत्र डाक्टर सज्जन ठाकुर, गाइनोका डाक्टर मनिषा भारद्वाज, अर्थोका डाक्टर डाक्टर कुमार सम्भव, अमित रन्जन मिश्रा, साइकेट्रीक रबिन झा, बाल रोग विशेषज्ञ विकास कुमार साह, नाक कान घाँटी विशेषज्ञ सन्तोष साह, सर्जन बिजय कुमा साह, फिजियोथेरेपिष्ट राजु साह लगायतका चिकित्सकहरुले बिरामीहरुलाई उपचार गरेका थिए ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !