जनकपुरधाम, भदौ १९ गते । जनकपुरधाम स्थित एक निजी अस्पतालमा चिकित्सकको लापरवाहीले एक नवजात शिशुको मृत्यु भएको छ ।
चिकित्सकको लापरवाहीका कारण दुई जना विरामीको मृत्यु भएको घटना सेलाउन नपाउँदै फेरी एक अवोध शिशुको मृत्यु भएको हो । चिकित्सककै लापरवाहीका कारण शिशुको मृत्यु भएको पीडित परिवारजनले आरोप लगाउंदै सो अस्पताल प्रशासन विरुद्ध निवेदन समेत दिएका छन ।
जनकपुरधाम वडा नम्बर ८ रामानन्द चौक स्थित श्री राम हस्पिटल प्रा. लि. मा मिथिला विहारी नगरपालिका वडा नम्बर ७ तारापट्टीका उस्मान नादाफ आफ्नो डेढ महिने छोरोको उपचारका क्रममा मृत्यु भएको हो ।
दिसा पिसाब छोरोले गर्नै छोडेपछि आफू त्यहाँ उपचारका लागि पुग्दा चिकित्सकहरुको लापरवाहीका कारण मृत्यु भएको आरोप नादाफको रहेको छ । चिकित्सकको लापरवाहीका कारण शिशुको मृत्यु भएपछि परिवारजनले अस्पताल प्रशासन र शिशुलाई उपचार गरेका चिकित्सक कामेन्द्र यादव बिरुद्ध निवेदन दर्ता गराएका हो ।
जनकपुर श्री राम हस्पिटल प्रा.लि. र चिकित्सक बिरुद्ध भुल्ला नदाफले जनकपुरधामस्थित जानकी प्रहरी चौकीमा निवेदन दर्ता गराएका छन् । परिवारजनले चिकित्सकको लापरवाहीका कारण शिशु त गुमाए तर यस्तो अरु कोहीसंग नहोस त्यसैले यस्तो अस्पताल बन्द गर्नुपर्ने र त्यस्ता चिकित्सकको बुवा उस्मान नदाफले माग गरेका छन ।
उस्मानका अनुसार दुई तीनदेखि डेढ महिने शिशु उमर फारुक दिसा पिसाब गर्नै छोडेको थियो । फारुकले दिसा पिसाब गर्न छोडेपछि हत्तपत्त उपचार गराउनका लागि उनी जनकपुर श्री राम हस्पिटल प्रा.लि.मा उपचार गराउनका बिहिबार पुगेका थिए ।
शिशुको आमा जयमनका अनुसार उपचारका लागि पुगे लगत्तै दिसा पनि गर्यो, पिसाब पनि गरयो निको भएपछि डिस्चार्ज गर्नुको सट्टा चिकित्सकले अस्पतालमा भर्ना नै राखे । थप उपचारको क्रममा ‘डाक्टरले चेक गरेपछि दुई वटा इयन्जेक्सन दियो, स्लाइन पानी पनि चढायो, त्यस लगत्तै रुघा खोकी शुरुपछि फेरी अर्को इन्जेक्सन लगाउन बितिक्कै छोराको मृत्यु हुन ।
जयमनले आफ्नो छोरा निको भइसेपनि अस्पतालका चिकित्सकहरुले पैसा कमाउने उद्देश्यले भर्ना नै राखेर अनावश्यक औषधि चलाएर ज्यान लिएको आरोप लगाएकी छिन ।
यता अस्पताल प्रशासनका अमित कुमारले चिकित्सकको होइन शिशुको आमाको लापरवाहीले मृत्यु हुन गएको दाबी गरेका छन ।
उनका अनुसार शिशुलाई चिकित्सकहरुले नोजल ड्रप दिएको थियो तर अवस्थामा सुधार नआएपछि चिकित्सकले सल्लाह विपरित नोजल ड्रप आफै लगायो र श्वास नली क्लियर नभएकै अवस्थामा दुध खुवाएको कारण शिशुको मृत्यु भएको हो ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !