जनकपुरधाम, भदौ १९ गते । प्रहरीले धनुषाबाट ५ लाख १२ हजार भन्दा बढिको अबैध सामान सहित ४ जनालाई पक्राउ गरेको छ ।
जिल्लाको नगराईन नगरपालिका वडा नम्बर–९ स्थित नेपालबाट अवैध रुपमा भन्सार छली भारत तर्फ लैजाँदै गरेको अवस्थामा सो परिमाणको सरसामानहरु जिप्रकाबाट सादा पोशाकमा खटेको प्रहरी टोलीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
हरियो मटर २१ बोरा, सोफी नामक मदिरा ५४ कार्टुन र मोटरसाइकल ४ थान सहित अन्दाजी २ लाख ६३ हजार मुल्य बराबरको अवैध सामानहरु नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
त्यस्तै ईलाका प्रहरी कार्यालय खजुरीबाट खटेको प्रहरी टोलीले समेत भन्सार चोरी निकासी गरी बेवारिसे अवस्थामा रहेका सामानहरु नियन्त्रणमा लिएको छ ।
प्रहरी निरिक्षक हिरेन्द्र बहादुर रोकाया र प्रहरी चौकी ठाडिझिझाबाट प्रहरी सहायक निरिक्षकको कमाण्डमा खटेको संयुक्त प्रहरी गस्ती टोलीले धनुषाको विदेह नगरपालिका वडा नं.१ मैनाथपुरस्थित दशगाजा क्षेत्रमा गस्ती गर्दै जाने क्रममा भन्सार चोरी निकासी गरी बेवारिसे अवस्थामा रहेका २ लाख ४९ हजार ५ सय बराबरको सामानहरू बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
नियन्त्रणमा लिइएका अवैध सरसामानहरु आवश्यक कारवाहीका लागी भन्सार कार्यालय जनकपुरको जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !