राजविराज, भदौ १८ गते । कोरोना भाइरस संक्रमणले सप्तरीमा थप दुई जनाको मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार मृत्यु हुनेमा सप्तरीको राजगढ गाउँपालिका वडा नं. ६ का एक ६५ वर्षीय पुरुष तथा राजविराज नगरपालिका वडा नं. ७ निवासी अन्दाजी ५५ वर्षीय एक पुरुष रहेका छन ।
उनका अनुसार ती दुवै जनाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्थानमा उपचारको क्रममा मृत्यु भएको हो । उनिहरुलाई विगत केही दिनदेखि ज्वरो आएपछि तत्काल राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार सम्भव हुन नसकेपछि थप उपचारको लागि धरान पठाइएको थियो ।
ज्वरो र श्वास प्रश्वासमा समस्या भएपछि बुधबार उपचारका लागि बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउनुअघि राजगढ गाउँपालिकाका ती पुरुषको राजविराजमा स्वाब लिइएको थियो । उपचारका क्रममा उनको धरानमै मृत्यु भएको र पीसीआर परीक्षण रिपोर्ट पनि पोजिटिभ आएको स्वास्थ्य कार्यालय प्रमुख यादवले बताए ।
राजगढ गाउँपालिका ६ का पुरुष राजविराजस्थित नेपाल टेलिकममा प्रशासन सहायक अधिकृतको रुपमा कार्यरत थिए भने केही दिनअघि स्वास्थ्य समस्याका कारण धरानमा उपचार गराइरहेका राजविराज ७ का ६५ वर्षीय पुरुषलाई उपचार अघि स्वाब लिइएको थियो ।
उनको रिपोर्ट पोजिटिभ आएपछि धरानमै उपचार भइरहेकोमा बिहीबार मृत्यु भएको राजविराज नगरपालिकाका नगरप्रमुख शम्भुप्रसाद यादवले जानकारी दिए । सप्तरीमा हालसम्म ८ जना कारोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !