जनकपुरधाम, भदौ १७ गते । जनकपुरधाम उपमहानगरपालिकामा एक वृद्धको शव फेला परेको छ ।
बुधवार जनकपुरधाम उपमहानगरपालिका १२ स्थित कुवा बजारको एक खाल्डो नजिक सडक छेउमा सो बृद्धको शव फेला परेको हो ।
सेतो कुर्ता, कालो कलरको पाइन्ट र काँधमा गाम्छा राखेको ती मृतक वृद्ध ७५ वर्षीय मणिराम यादव रहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिएका छन् ।
अत्यधिक मदिरा सेवन गर्दा उनको मृत्यु भएको स्थानीयलाई उदृट गर्दै जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । मदिरा सेवन गरेर सधैं मागि हिड्ने उक्त पुरुष आफ्नो घरमा समेत नबस्ने गरेको स्थानीयको भनाई छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !