रविन्द्र साह/ गौर, भदौ १६ गते । भारतीय सीमा क्षेत्रमा रौतहट जिल्लाका एक युवकको गोली हानी हत्या गरिएको छ ।
जिल्लाको ईशनाथ नगरपालिका ७ घिउरा गाउँ निवासी ३५ वर्षीय दीनदयाल साहको सीमावर्ती भारत बिहार घोडाशहन थाना क्षेत्रअन्तर्गत लैन बंसवरिया गाउँ नजीकै पोखरी छेउमा गोली हानी हत्या भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
जिप्रका रौतहटका प्रवक्ता भरत श्रेष्टले कञ्चटमा गोली हानी हत्या गरिएको अवस्थामा ती युवकको शव फेला परेको छ भने शव परीक्षणको लागि भारत विहारको मोतीहारी अस्पतालमा भारतीय प्रहरीको सहयोगमा लगिएको जानकारी आएको छ ।
हत्याको कारण भन्ने खुल्न नसकेको तथा अनुसन्धान जारी रहेको रौतहट प्रहरीले जनाएको छ । भारतीय प्रहरीले कानूनी प्रक्रिया पुरा नेपाल प्रहरी मार्फत मृतक परिवारलाई शव बुझाउने बताइएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !