जनकपुरधाम, भदौ १६ गते । नेपाल विद्यार्थी संघ सीटीईभीटी प्रदेश २ ले सिटीईभीटी अन्तर्गतको डिप्लोमा र टीएसएलसीका विद्यार्थीलाई आन्तरिक परीक्षाको अंकभारको आधारमा उत्तिर्ण गर्न मांग गरेको छ ।
मंगलवार नेवि संघ सीटीईभीटी प्रदेश २ का संयोजक इन्द्रजीत गोइतले एक विज्ञप्ति जारी गरी सीटीईभीटी अन्तर्गत डिप्लोमा दोश्रो र तेश्रो सेमेस्टर तथा टीएसएलसी अध्ययन गर्ने विद्यार्थीहरुलाई अघिल्लो आन्तरिक परीक्षाको अंकभारको आधारमा मूल्यांकन पद्धति अपनाएर उतिर्ण गर्न मांग गरेको हो ।
विज्ञप्तिमा हाल कोभिड १९ विरुद्धको लडाईमा फ्रन्ट लाइनरको रुपमा कार्यरत सीएमए, अनमी, ल्याब असिस्टेन्टहरुलाई प्रोत्साहन गर्नुको सट्टा उल्टै उनीहरु सहित देशभर स्वास्थ्य शिक्षामा तालिम प्राप्त १२ हजार विद्यार्थीहरुलाई समेत आंतकित बनाउंदै कुनै खाका र योजना बिना बन्द गर्नु आपतिजनक रहेको भनिएको छ ।
साथै प्राविधिक शिक्षा तथा व्यवसायिक परिषद (सीटीइभीटी) बाट संचालित चिकित्सा शिक्षा सम्बन्धी सीएमए, अनमी, ल्याब असिस्टेन्ट र आयुर्वेद लगायत टीएसएलसउी÷एसईई स्तरका १८ महिने स्वास्थ्य सेवा खारेज गर्ने गरिएको निर्णयप्रति नेवि संघ सीटीईभीटी प्रदेश २ को ध्यानाकर्षण भएको जनाउंदै भावी योजना र विवकल्प समेत नदिई विगत २५ वर्षदेखि संचालित तालिम बन्द गर्दा ठूलो अन्यौताल उत्पन्न गरेको भनेका छन ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !