जनकपुरधाम, भदौ १५ गते । जनकपुरधामका सुनचाँदी व्यवसायी एवं जानकी फाइनान्स कम्पनीका अध्यक्ष अमरनाथ गुप्ताले एक स्थानीय पत्रिकाले आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले तथ्यहीन कपोलकल्पित समाचार प्रकाशन गरेको आरोप लगाएका छन ।
सोमवार एक प्रेस विज्ञप्ति जारी गुप्ताले सो स्थानीय पत्रिकाका सम्पादकले खरीद गरेको भनिएको जग्गा र रसिक बिहारी भगवान तेली कुटीे जग्गाको सिमाना विवादमा बल प्रयोग गरी पर्खाल भत्काइएको सम्बन्धमा एक सचेत नागरिकको हैसियतले सार्वजनिक र गुठीको जग्गा संरक्षण गर्नुपर्ने मत जाहेर गर्दा आफू विरुद्ध आफ्नो संस्थासंग जोडेर समाचार प्रकाशन गरेको भनेका छन ।
उनले सार्वजनिक र गुठीको जग्गा संरक्षण हुनु पर्दछ भन्ने मांग गरेको रिसवी राखेर आफ्नो चरित्र हत्या हुने गरी मेरो व्यक्तिगत जीवनसँग सम्बन्धित विषयमा जोडेर तथ्यहीन कपोलल्पित समाचार प्रकाशन गरेको विज्ञप्ति मार्फत दाबी गरेका छन ।
साथै आफू विरुद्ध लगाइएको आरोप सम्बन्धित संचार माध्यमले नसच्याए कानून बमोजिम उजुर गर्न बाध्य हुने जानकारी समेत विज्ञप्ति मार्फत दिएका छन ।
गुप्ता विरुद्ध हुण्डी कारोबारी, भारतीय नक्कली नोटको कारोबारी, सुन तस्कर र आफ्नै पत्नीको हत्या गरेको भन्ने आरोप सहितको उक्त स्थानीय पत्रिकाले समाचार सम्प्रेषण गरेको थियो ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !