जनकपुरधाम, भदौ १५ गते । पछिल्लो २४ घण्टामा प्रदेश नम्बर २ मा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
आइतवार मृत्यु हुनेमा सप्तरीका एक महिला र रौतहटका एक पुरुष रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिएका छन ।
सप्तरीको राजविराज नगरपालिका २ का ६० वर्षीया एक महिला र रौतहटको मौलापुर नगरपालिका ३ गम्हरिया टोलका ३० वर्षीय एक पुरुषको मृत्यु भएको हो । कोरोना संक्रमणबाट प्रदेश २ मा अहिलेसम्म १४ महिला र ७२ पुरुष गरि ८४ जनाको मृत्यु भईसकेको उनले बताए ।
प्रदेशमा सबैभन्दा बढी पर्सामा ३३, बारामा १३, धनुषामा १२, महोत्तरीमा ८, सिरहामा ७, सप्तरीमा ६, रौतहटमा ४ र सर्लाहीमा ३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यसैबीच प्रदेशमा आइतवारसम्म ५६ महिलासहित २ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनुषामा ७१, पर्सामा ४९, महोत्तरीमा ३५, सर्लाहीमा ३५, बारामा ३०, सप्तरीमा ४, सिरहामा २ र रौतहटमा १ जना संक्रमित थपिएको छ ।
योसँगै यस प्रदेशमा संक्रमितको संख्या १० हजार २२ पुगेको छ । संक्रमितमध्ये ८ हजार ५ सय १५ पुरुष र १ हजार ५ सय ७ महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिएका छन ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा २ सय २७ जनाको रिपोर्ट पोजेटिभ आएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले बताए ।
धनुषामा संक्रमण पुष्टि भएकाहरु जनकपुरधाम उपमहानगरपालिकाका १२, इलाका प्रहरी कार्यालयका १ पुरुष, बन्दीपुर–३ का एक महिला, जनकपुरधाम स्थित कृषि विकास बैंकका एक पुरुष, जनकपुरधाम स्थित स्वास्थ्य कार्यालयका २ जना पुरुष, मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ स्थित तुल्सीयाही निकास हेल्थ पोष्टका २ जना पुरुष, सिभिल बैंक लिमिटेडका एक पुरुष, सोनामाईका एक पुरुष, जिल्ला ट्राफिक प्रहरी कार्यालयका एक पुरुष, ईलाका प्रहरी कार्यालय हंसपुरका एक पुरुष, मुख्यमन्त्री कार्यालयका एक पुरुष, महेन्द्रनगर एक पुरुष, गणेशमान चारनाथ नगरपालिका २ जना पुरुष रहेका छन ।
त्यसैगरी औरही गाउँपालिका ५ जना पुरुष, विदेह नगरपालिकाका १४, धनुषाधाम हेल्थ पोष्टका एक महिला, मिथिला बिहारी नगरपालिका स्थित हेल्थ पोष्टका एक पुरुष, क्षीरेश्वरनाथ नगरपालिकाका ४० वर्षीय एक पुरुष, नगराईन नगरपालिकाका १४, लक्ष्मीनिया गाउँपालिकास्थित बनिनिया हेल्थ पोष्टका ५ जना पुरुष र ठेगाना खुल्न नसकेका ३१ वर्षीय एक पुरुष रहेका छन् ।
पर्साको वीरगञ्ज महानगरपालिकाका १४ जना पुरुष, वीरगञ्ज नगवाका ४, गहवा, रानीघाट, त्रिमूर्ति हल, रेशमकोठीमा २÷२ जना, एनएमसिटीएच, वरबाहरिया, गरमथान, उदयपुर घुरमी, बनकोर, मसियानी, हरपतगंज हेल्थपोष्ट, ठाउँ नखुलेको १/१ र पोखरिया नगरपालिकाका १२ जना रहेका छन ।
महोत्तरीका जलेश्वर, औरही रामगोपालपुर, गौशाला, बलवा नगरपालिका र टिमकियामा १÷१, बर्दिबास नगरपालिकामा १६ जना, बर्दिबास साना किसान संस्था २, बर्दिबास स्थित नेबिल बैंक ३, लोहरपट्टी नगरपालिका ४, पिपरा गाउँपालिकाका ४ जना संक्रमित भएका हुन ।
सिरहाको विसनपुर र गोलबजार नगरपालिकामा १÷१ जना, बाराको कलैया उपमहानगरपालिकाका २१, महागढीमाई नगरपालिका, एनआईसी एशिया बैंक, जितपुर उपमहानगरपालिकामा २÷२ जना, विश्रामपुर गाउपालिकामा ३ जना संक्रमति भएका छन भने सर्लाहीको धनकौलका १४, बरहथवा नगरपालिकाका १३, मलंगवा नगरपालिकाका ६ जना सहित मलङ्गवास्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका तथा रामनगर गाउँपालिकाका १÷१ जना संक्रमित भएका छन ।
सप्तरीको सप्तकोशी गाउँपालिका–८ का ४८ वर्षीय एक पुरुष एवं राजविराज नगरपालिका वडा नम्बर–२,४ र ६ का ६० वर्षीया एक महिला र २५ तथा ४० वर्षीय २ जना पुरुष संक्रमित भएका छन् ।
प्रदेश २ मा सबैभन्दा बढी पर्सा जिल्लामा २ हजार १ सय ७३ जना संक्रमित भएका छन् । रौतहटमा १ हजार ६ सय ३१, धनुषामा १ हजार ५ सय १८, सर्लाहीमा १ हजार ४ सय ४७, महोत्तरीमा १ हजार २ सय ३६, बारामा ८ सय ३०, सप्तरीमा ७ सय ८९ र सिरहामा ३ सय ९८ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेश २ मा सक्रिय संक्रमितको संख्या ५ हजार ८७ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !