जनकपुरधाम, भदौ १४ गते । प्रहरीले धनुषाको विदेह नगरपालिकाको ठाढीझिझाबाट लागुऔषध सहित दुई युवक पक्राउ गरेका छन ।
गस्तीमा ठाढीझिझाबाट खटिएका प्रहरीको गस्ती टोलीले ठाढीस्थित सडक खण्डमा घुमिरहेका दुई युवकलाई आशंकको आधारमा खानतलासी गर्दा उनीहरुको साथबाट आगुऔषध बरामद भएको हो ।
पक्राउ पर्नेमा कमला नगरपालिका ३ का २० वर्षीय गोबिन्द मण्डल र सोही ठाउँ बस्ने २० वर्षीय कृष्ण कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिएका छन ।
तिनीहरुले बोकेको कालो प्लास्टिकको झोला चेकजांच गर्दा उक्त झोलामा नाइट्रोभेट १० लेखिएको ३० पिसको दरले ३० पत्तामा जम्मा ९ सय पिस प्रतिबन्धित लागु औषध ट्याबलेट र कृष्ण कुमार साहको दाहिने खल्तिबाट सैमसंग कम्पनिको जे २ ग्रान्ड प्राइम सिल्वर रंगको मोबाईल एक थान बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ गरिएका दुवैजनालाई आवश्यक कारवाहीको लागि अनुसन्धान थालिएको धनुषा प्रहरीले जनाएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !