जनकपुरधाम, भदौ १४ गते । मैथिल ब्राह्मण महासभाले धनुषाको विभिन्न स्थानमा कोरोना संक्रमणबाट बच्ने सामाग्री वितरण गरेको छ ।
कारोना संक्रमण बढीरहेको बेला संक्रमणवाट बच्न महासभाले आफ्ना संगठनका पदाधिकारी, शाखा र नेपाल पत्रकार महासंघ धनषा मार्फत पत्रकारहरुलाई मास्क, सेनिटाइजर र फेस शिल्ड सहितका कोरोनाबाट बच्ने सामाग्री शनिवार एक कार्यक्रम आयोजना गरी वितरण गरेका छन ।
जनकपुरधाम उपमहानगरपालिका ७ स्थित निर्माण भइरहेको मैथिल सांस्कृतिक अध्ययन केन्द्र स्थलमा वितरण गरिएको सो कार्यक्रममा २२ गाउँपालिका र जनकपुरधामको सबै वडाका ब्राह्मण प्रतिनिधि तथा विपन्न परिवारलाई १० हजार मास्क, ५सय सेनिटाइजर र केही फेस सिल्ड वितरण गरिएको छ ।
कोरोना भाइरसबाट बच्न अनिवार्य मास्क लगाउनका साथै सामाजिक दूरी बनाउन समारोहमा महासभाका अध्यक्ष भगवान झाले आग्रह गरे । घरबाट ननिस्कन समेत ब्राह्मण सहित सम्पूर्ण धनुषावासीलाई उनले आग्रह गरे ।
यसप्रकारको मास्क र सेनिटाइजर अन्य जिल्लामा पनि वितरण गरिने महासभाको योजना रहेको झाले बताए ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !