रबिन्द्र साह
वीरगञ्ज, भदौ ११ गते । रौतहटका युवकको प्रहरीको यातनाबाट मृत्यु भएको आरोप लगाइएको छ ।
कर्तव्य ज्यान मुद्दामा अभियोग लागि पक्राउ परेर हिरासतमा रहेका रौैतहटको गरुडाका १९ वर्षिय विजयराम चमारको बिहिबार वीरगञ्जस्थित नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले मुख्य दोषीलाई जोगाउन नियन्त्रणमा रहेका ती विजयरामको यातना दिएका कारण ज्यान गएको परिवारका सदस्यले आरोप लगाएका छन् ।
हिरासतमा रहेका विजयको स्वास्थ्य अवस्था बिग्रेपछि उनलाई उपचारका लागि नेशनल मेडिकल ल्याइएको थियो । विजयरामको शरीरमा निलडाम समेत देखिएकोले प्रहरीले दिएको चरम यातनाको कारण मृत्यु भएको दाबी दलित समुदायको रहेको छ ।
रौतहटका प्रहरी प्रमुख रविराज खडकाले विजयको उपचारको क्रममा मृत्यु भएको पुष्टि गरेका छन । स्थानीय र दलीत अधिकारकर्मीले भने प्रहरीको चरम यातनाका कारण विजयको ज्यान गएको आरोप लगाउंदै प्रहरी नायब उपरिक्षक ज्ञानकुमार महतोको राजीनामाको मांग गरेको छ ।
उनीहरुले प्रहरी नायब उपरिक्षक महतोको चरम यातनाको कारण विजयको मृत्यु भएको आरोप लगाएका छन । मृतकलाई क्षतिपूर्ति र दोषी प्रहरी नायब उपरिक्षकमाथि कारवाहीको मांग गर्दै गरुडामा विरोध जुलुस समेत दलित समुदायले प्रदर्शन गरेका छन ।
यसैबीच दलित सँग आबद्ध स्थानीय संघ संगठन र चमार कल्याण समाज मलेशियाले घटनाको भत्र्सनाको गर्दै दोषीमाथि कारवाही र पीडितलाई उचित क्षतिपूर्तिका मांग गरेका छन ।
गरुडा नगरपालिका ८ जिंगडियाका स्थानीय २० वर्षिय युवक निरञ्जन रामको हत्यामा संलग्न रहेको आरोपमा इलाका प्रहरी कार्यालय कार्यालय गरुडाले विजयरामलाई नियन्त्रणमा लिएको थियो ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !