जनकपुरधाम, भदौ ११ गते । कोरोना संक्रमणले धनुषामा थप एकजना सहित पछिल्लो २४ घण्टामा प्रदेश २ मा ४ जनाको मृत्यु भएको छ ।
बिहीवार मात्रै २ जना र बुधवारमा २ गरी ४ जनाको मृत्यु भएको हो । बुधवार धनुषा १, पर्सा १ बिहीवार बारा र पर्सामा १/१ जनाको मृत्यु भएको जनाइएको छ ।
धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नं. ४ का ४५ वर्षीय पुरुषको बुधवार मृत्यु भएपनि बिहीवार कोरोना पुष्टि भएको हो ।
क्षयरोग र मधुमेहका रोगी रहेका ती पुरुष बुधबार प्रादेशिक अस्पताल जनकपुरको ओपिडिमा भर्ना भएका सो सोही दिन मृत्यु भएपनि आज रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।
त्यस्तै वीरगञ्ज स्थित नारायणी अस्पताल स्थित गण्डक कोरोना अस्पतालमा बिहिबार फेरी एक व्यक्तिको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मृतक वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ बहुवरी निवासी ६२ वर्षीय पुरुष १३ दिनदेखि उपचारत अवस्थामा रहेका थिए ।
कोरोना सङ्क्रमण पुष्टि भइ साउन ३० गतेदेखि मृगौला रोगी ती पुरुषको वीरगञ्ज हेल्थ केयर हस्पिटलमा भर्ना भएका वृद्धको बिहिबार बिहान गण्डक अस्पतालको आइसीयु कक्षमा उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेशकुमार चौरसियाले जानकारी दिए ।
बिहीबार नै बिहान बाराकी कोरोना सङ्क्रमित एक जना २३ वर्षीय गर्भवती महिलाको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ अस्पतालका प्रवक्ता डा. चौरसियाले बताए । ३३ हप्ताकी गर्भवती रहेकी ती महिला भदौ ८ गते नै स्वास प्रश्वासमा समस्या भएपछि नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।
यसअघि बुधबार पर्साकै धोबिनी गाउँपालिका वडा नम्बर ३ गुलरिया निवासी ७२ वर्षीय पुरुषको नारायणी अस्पतालमा मृत्यु भएको थियो । मधुमेह रोगी ती वृद्धको मृत्यु पश्चात स्वाब संकलन गरिपनि बिहीवार कोरोना पुष्टि भएको हो ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !