जनकपुरधाम, भदौ ८ गते । धनुषाको नगराईन नगरापलिका गंगुली स्थित आइसोलेशनमा बसेका एक संचारकर्मीलाई नेपाली सेनाले धम्की दिइएको आरोप लगाइएको छ ।
प्रदेश २ सरकारले एसियाकै उत्कृष्ट दाबी गरेका सो आइसोलेसनको बेथिती बाहिर ल्याउन खोज्ने संचारकर्मीलाई सेनाले ज्यान मार्ने धम्की दिएको कुरा आइसोलेशनमा कार्यरत स्वीपरको भनाईलाई उदृत गर्दै आरोप लगाइएको हो ।
आइसोलेसन भित्रको बेथिति समाजिक सञ्जाल मार्फत बाहिर ल्याइएको विषयलाई लिएर नेपाली सेनाका केहि जवानहरुले स्वीपर मार्फत आइसोलेशनमा हो हल्ला नगर्न सम्झाई बुझाई नत्र परिणाम गलत हुने भनी धम्की दिएको दृश्य समेत बाहिरिएको छ ।
सो भिडियोमा आइसोलेसनको सरसफाईका लागि कार्यरत राजा मेस्तर भन्ने सफाई कर्मचारीले आफू तीन जना स्वीपर रहेको बेला सेनाहरुले कुरा गर्दै भने आइसोलेशनमा हो हल्ला नगर्न सम्झाई गएर सम्झाई दिनु आफू भनेको स्वीपरले भनिरहेको देखाइएको छ ।
यता संक्रमित संचारकर्मीलाई धम्की दिइएको विषयमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईलाई प्रश्न गर्दा उनले भने ‘धम्की दिने सेनालाई स्पष्टीकरण सोध्न कर्नेल साहेबलाई भनि सकेको छु, सेना दोषी ठहरिए कारबाही हुन्छ ढुक्क हुनुस ।
यस अघि सफाई कर्मचारी संक्रमितहरुलाई चेकजाँच गर्न पुगेको दृश्य बाहिरिएपछि निकै आलोचना भएको थियो । आलोचनापछि त्यहाँ रहेको चिकित्सकको टोली झिकाई अर्को टोली पठाइएको छ ।
यता कोभिड अस्पताल जनकपुरधामका संयोजक डा. जामुन सिंहले त्यहाँ दोषी पाइएका एक जना चिकित्सक, एक जना एसिसटेन्ट र एक जना स्वीपरलाई झिकाइएको जानकारी दिए । जबकि थर्मलगन लिएर संक्रमितलाई चेकजाँच गर्न पुगेको सफाई कर्मचारी नै सोमबारसम्म आइसोलेशनमा कार्यरत देखिएका छन ।
संक्रमित संचारकर्मीका अनुसार अब चिकित्सक नै संक्रमितहरुलाई चेकजाँच गर्न पुग्छन् । तर दुई दिनदेखि गंगुली आइसोलेसनमा रहेको थर्मल गन काम गर्न छोडिसकेको छ । उनले भने ‘दुई दिनदेखि थर्मल गनमा बैटरी छैन सम्बन्धित व्यक्तिले जवाफ दिइरहेको बताए ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !