जलेश्वर, भदौ ७ गते । बोक्सी आरोपमा महोत्तरीको सम्सी गाउँपालिकाकी एक महिलालाई कुटपिट गरिएको छ ।
शुक्रवार राति सम्सी ७ जावद टोलकी ४५ वर्षिय पवनदेवीले गाउँकै केही व्यक्तिले कुटपिट गरी गम्भीर घाइते बनाएको छ । सो घटनामा प्रहरीले आरोपित भनिएका स्थानीय कृष्ण यादवलाई पक्राउ समेत गरिएको छ ।
इलाका प्रहरी कार्यालयले पीडकलाई पक्राउ गरेको थियो तर राजनीतिक दबावले छोडि दिएको स्थानीयवासीको आरोप लगाउंदै आएका छन । तर जिल्ला प्रहरी कार्यालय महोत्तरीले पिडकलाई हाम्रै नियन्त्रणमा रहेको दाबी गरेका छन ।
जिल्लाका प्रहरी उपरिक्षक टिका केसीले लोकपुकारसँग कुरा गर्दै ईलाका प्रहरी कार्यालयबाट अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ । जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइ सकिएको भने । उनका अनुसार घटनाको अनुसन्धान भइरहेको छ पिडीतसँग सोधपुछ अब गरिनेछ ।
स्थानीयका अनुसार सामान्य झगडामा बोक्सीको आरोप लगाउंदै स्थानीय दिनेश यादव लगायत उसको छोराहरु कृष्ण यादव, आशिक यादव ,आमा सुजियादेवी लगायतले मरनासन्न गरी कुटपिट गरेको हो । घाइते महिलाको उपचार जनकपुरधाम स्थित जानकी हेल्थ केयरमा भइरहेको बताइएको छ ।
घाइते महिलाका छोरा संजय यादवले भने, ‘शुक्रवार बेलुका एक्कासी दिनेश यादवको परिवारहरुले मेरो आमामाथि बोक्सीको आरोप लगाउँदै गाली गलौज गरेको र म त्यो बेला घर भन्दा बाहिर थिएँ । लगतै म घरमा पुग्दा झगडा भई रहेको थियो ।
सो समयमा मैले प्रहरीलाई खवर गरेपछि सम्सी प्रहरी चौकीका सई दिपेन्द्र यादवको कमाण्डमा खटिएको प्रहरी टोली घटना स्थलमा पुगेर झगडालाई सामान्य बनाएर फर्केका थिए । त्यस पश्चात पुनः राति तिनिहरु घरमा गाली गलैज गर्दै आमा पवन देवी, बहिनी रुवी यादव, र आफूलाई समेत कुटपिट गरेको संजय यादवले घटनास्थलमा पुगेका संचारकर्मीसँग कुराकानीमा भनेका छन ।
यसैबीच जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरिक्षक प्रकाश विष्टले घटना सम्बन्धमा पिडीत पक्षबाट कुनै जाहेरी परेको छैन । जाहेरी नपरेपनि घटनाको प्रारम्भिक अनुसन्धान प्रहरी प्रतिवेदनको आधारमा मुद्दा दायर गरिने छ ।
घटना बारे नायब उपरिक्षक विष्टले भने दुई परिवार कुनै विषयमा विवाद भएको हो, सोही क्रममा पीडकले विभिन्न आरोप लगाउंदै कुटपिट गरेको प्रारम्भिक अनुसन्धान देखिएको हो, आरोपित भनिएका मध्ये कृष्ण यादवलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ भने फरार एक जनाको खोजी कार्य तिव्र रुपमा भइरहेको जानकारी दिए ।
पीडित पक्षले न्यायको लागि पत्रकार, मानव अधिकारकर्मी संग अनुरोध गरेका छन् ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !