जनकपुधरधाम, भदौ ७ गते । बढदै गएको कोरोना संक्रमण जोखिमको दृष्टिगत गर्दै धनुषामा पुनः ७ दिन लकडाउन थपिएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम जिल्ला भरि लागू हुने गरी भदौ ७ गते राति बजेदेखि लागू हुने गरी लकडाउन एक साता थप गर्ने निर्णय गरेको हो ।
भदौ ७ गते आइतबार राति १२ बजे पछिल्लो लकडाउनको अवधि समाप्त हुन लागेपछि व्यवसाय संचालनमा केही खुकुलो गर्दै जिल्लाभरि लकडाउन गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिएका छन ।
उनका अनुसार बिहान १० बजेसम्म अत्यावश्यक पसल व्यवसाय संचालन गर्न पाइने छ भने भीडभाड हुने खालका हाट बजार गर्न पाइने छैन त्यसको अनुगमन स्थानीय तहले गर्नेछ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार विक्रेताले अनिवार्य रुपमा सामाजिक दूरी सहित मास्क, पंजा र सेनिटाइजर प्रयोग गर्नुपर्ने र ग्राहकले अनिवार्य रुपमा मास्क लगाएर पसलमा जानुपर्ने भनिएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरमा कोरोना जोखिम बढेपछि गएको साउन १९ गते रातिदेखि निषेधाज्ञा जारी गरेको थियो । यो चौथो पटक थप गरिएको लकडाउन हो ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !