जनकपुरधाम, भदौ ६ गते । पछिल्लो २४ घण्टामा प्रदेश २ मा १ सय ८९ संक्रमित थपिएको छ । यो संगै प्रदेशमा संक्रमितको संख्या ८ हजार ५ सय २० पुगेको छ ।
सामाजिक विकास मन्त्रालय मातहतको स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार धनुषामा २१, महोत्तरीमा २४, सिरहामा ३४, बारामा ३५, पर्सामा ५७, सर्लाहीमा ११ र सप्तरीमा ५ संक्रमित थपिएका हुन ।
संक्रमित मध्ये विभिन्न अस्पतालका स्वास्थ्यकर्मी सहित १६, बैंक कर्मचारी ५ र प्रहरी ३३ जना रहेका छन । निर्देशनालयका अनुसार प्रादेशिक अस्पताल जनकपुरधाममा ११, नारायणी अस्पताल, जानकी हेल्थ केयर, पर्साको सबैठुवा, पकहास्थित हेल्थ पोष्ट, जनकपुरधाम ३ स्वास्थ्य कार्यालयका १/१ जना संक्रमित भएका हुन भने धनुषाका एक सशस्त्र प्रहरी सहित सिरहाको एक ईलाका प्रहरी कार्यालय ३० र जिल्ला प्रहरी कार्यालय बारा र पर्सामा १/१ जना संक्रमित भएका छन ।
त्यस्तै जनकपुरधाम स्थित सिद्धार्थ बैंक, एभरेष्ट बैंक र बैंक अफ काठमाडौका १/१ जना तथा महोत्तरीमा बर्दिबास स्थित एसबीआई र गौशाला स्थित सिटिजन्स बैंकका १/१ जना गरी कुल ५ जना बैंक कर्मचारी संक्रमित भएका हुन ।
यी बाहेक धनुषाको सदरमुकाम जनकपुरधामका विभिन्न वडामा ४, धनुषाधाम नगरपालिका र लोहारपट्टीमा एक÷एक जनामा संक्रमण देखिएको छ भने महोत्तरीको बर्दिबास नगरपालिकामा ११ र गौशाला स्थित श्री त्रिभुवन मा.वि.मा ९ जना संक्रमित भएका छन ।
यस्तै सिरहाको गोलबजार र लहान नगरपालिकामा २÷२ जना, बाराको जितपुर सिमरा उपमहानगरपालिकामा ३, परशुरामपुरमा १, प्रसौनी गाउँपालिकामा २६, ठाउँ नखुलेको ४ जनामा संक्रमण देखिएको छ भने पर्साको बिरगंज महानगरपालिकाका विभिन्न वडामा १७, सुगौली विर्ता, बहादुरमाई नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका, खरैना, धोरीमा एक÷एक जना, पर्सागढी नगरपालिकामा २५ र ठोरी गाउँपालिकामा ३ जना संक्रमित भएका छन ।
सर्लाहीको चन्द्रपुर गाउँपालिकामा ४, मलंगवा नगरपालिकामा १ र गोडैता नगरपालिकामा ५ संक्रमित भएको छन भने रौतहटको गौर नगरपालिकामा र ठाउँ नखुलेको सहित १/१ जना गरी २ र सप्तरीको चन्द्रनगर गाउँपलिकामा १, बोदे बरसाईन नगरपालिका र तिलाठी कोइलाठी गाउँपालिकामा २÷२ जना गरी ५ जना संक्रमित भएका हुन ।
निर्देशनालयका अनुसार हालसम्म प्रदेशमा संक्रमणबाट मृत्यु हुनेहरुको ५९ जना पुगेको छ जसमध्ये २ जना पर्सा र एक जना सिरहाको गरी ३ जनाको शनिवार मृत्यु भएको हो । संक्रमितहरु मध्ये ४ हजार २ सय ७७ सक्रिय केश शनिवारसम्म सक्रिय देखिएका छन ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !