Sunday, August 23, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

राउत नेतृत्वको सरकारद्वारा अनियमितता : प्रति संक्रमित करीब ३ लाख खर्च

अनियमिततामा मुख्यमन्त्री राउतको पनि संलग्नता हुन सक्ने आशंका


जनकपुरधाम, भदौ ६ गते । कोरोना भाइरस महामारी रोकथाम, नियन्त्रण र उपचारको नाममा अबौं रुपैया खर्चेका मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको प्रदेश २ सरकारले प्रति संक्रमित करीब ३ लाख खर्चेको रहस्य बाहिरिएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा गत आर्थिक वर्षका असार मसान्तसम्म सार्वजनिक खर्च विवरण अनुसार कोरोना संक्रमित पता लगाउनदेखि तिनीहरुको उपचार सामाग्री र संक्रमितलाई व्यवस्थापन गर्न आइसोलेशनसम्मका लागि मात्रै एक अर्ब १६ करोड, २३ लाख ३० हजार ७ सय ६० रुपैया थप निकासा र रकमान्तर गरिएको छ ।

यी खर्च बाहेक अस्पतालहरुले आफ्नो स्तरबाट छुट्टै खर्च गरेको जसको विवरण अहिलेसम्म सार्वजनिक गरिएको छैन । थप निकासा र रकमान्तर बाहेक पनि विभिन्न मन्त्रालय र स्थानीय तहबाट खर्च भएको छ, जसको हरहिसाब कुनैपनि निकायले समाचार लेख्दासम्म सार्वजनिक गरेको छैन ।

प्रादेशिक, नारायणी, गजेन्द्रनारायण सिंह लगायतका जिल्लाका अस्पतालहरुबाट भएको आन्तरिक खर्चको हिसाब गर्दा ३ लाख रुपैया भन्दाब बढी खर्च हुन सक्ने अनुमान गरिएको छ ।

थप रकम निकासा र रकमान्तर मात्रै गरिएको रकमको लोकपुकारले गरेको अध्ययन अनुसार गत असार मसान्तसम्म प्रदेशमा ४९ हजार व्यक्तिको गरिएको स्वाब संकलनबाट पुष्टि भएका ३ हजार ९ सय ११ संक्रमितका लागि चेकजाँचदेखि आइसोलेशन व्यवस्थापन र उपचारको नाममा प्रति व्यक्ति २ लाख ९७ हजार एक सय ९५ रुपैया खर्च गरिएको हो ।

कोरोना रोकथाम, नियन्त्रण र उपचारको नाममा जति पनि रकम खर्च भएको हो ती सबै मुख्मयन्त्री लालबाबु राउतको नेतृत्वको निर्देशक समिति र प्रदेश संकट व्यवस्थापन केन्द्रको निर्णय तथा निर्देशनबाट समाजिक विकास मन्त्रालय र कोभिड १९ कोषबाट भएको हो ।

मुख्यमन्त्री राउतबाट निर्णय भई प्रति कोरोना संक्रमण पुष्टि र व्यवस्थापनको नाममा खर्च रकममा भएको अनियमिततामा उनको पनि संलग्नता रहेको आरोप लाग्न थालेको छ ।

खर्च विवरण अनुसार कोरोना संक्रमण पता लगाउन र त्यसको व्यवस्थापनमा मुख्यमन्त्रीस्तरीय समितिबाट निर्णय सामाजिक विकास मन्त्रालयबाट प्रदेशभर स्वास्थ्य उपकरण तथा औषधि आपूर्तिका लागि प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रलाई ७ करोड ६० लाख, स्वास्थ्यकर्मीका तालिममा ५ लाख, कोभिड उपकरण र औषधिका लागि सो मन्त्रालयलाई ६८ करोड १८ लाख ८८ हजार, नारायण अस्पतालाई जनशक्ति र औषधिका लागि ५० लाख रुपैया दिइएको छ ।

त्यस्तै जलेश्वर अस्पतालाई ३ करोड ५८ लाख, कोषबाट ६५ लाख, मन्त्रालय अन्तर्गतका कार्यालयहरुलाई ४ करोड, जिल्ला अस्पतालहरुलाई ३५ लाख १० हजार, कोषमा २५ करोड र गजेन्द्र नारायण सिंह अस्पताललाई १० लाख रुपैया कोरोना व्यवस्थापनमा खर्च गर्न निकासा गरिएको छ ।

यतिको ठूलो रकम खर्च भएपनि प्रदेश स्थित आइसोलेशनको अवस्था दयनीय रहेको छ भने समुदायस्तरमा संक्रमण फैलिसकेको अवस्थामा चेकजाँचको प्रगति दर शून्य रहेको छ । आइसोलेशनमा रहेका संक्रमितलाई अहिलेसम्म कुनै औषधि प्रयोग गरिएको छैन गम्भीर अवस्थामा पुगिसकेका संक्रमित उपचार आभावमा दिनहुँ मर्दै गएको छ ।

मुख्यमन्त्री राउत स्वयं कोरोना संक्रमण रोकथाम एवं नियन्त्रण गर्न असफल रहेको स्वीकार गरिसकेका छन । शुक्रवार नेपाली कांग्रेस नेतृत्वको स्कूल अफ डेमोक्रेसीको पदाधिकारीहरुसंगको भेटघाटमा उनले स्वास्थ्य विभाग माफियाहरुले चलाई रहेको कारण काम गर्न नसकिरहेको बताएका थिए ।

प्रदेशमा कोरोना नियन्त्रण र व्यवस्थापन गर्न प्रदेश सरकारको भूमिका कमजोर रहेको भन्ने प्रसंगमा उनले भनेका थिए आफू चाहदा चाहदै स्वास्थ्य विभाग माफियाहरुको कारण काम गर्न सकि रहेका छैनौं तर यसमा अब सुधार ल्याउने छौं ।

कोरोना उपकरण र स्वास्थ्य सामाग्रीमा व्यापक भ्रष्टाचार भइरहेको समाचार विभिन्न संचार माध्यममा आइरहेपनि राउत नेतृत्वको सरकारबाट अनियमितता रोकिएको छैन जसको प्रमुख उदाहरण हो टेण्डर आह्वान भइसकेको भेन्टिलेटर कमीशन चक्करमा खरीद गर्न नसक्नु । के कति कारण भेन्टिलेटर र थप आइसीयू कक्ष निर्माण गर्न सकिएन भन्ने मुख्यमन्त्री राउतले चासो नलिनु भनेको उनको पनि संलग्नता हुन आशंका गर्न थालिएको छ ।

नोट : यो खर्च हिसाब आर्थिक मामिला तथा योजना मन्त्रालयबाट कोरोना संक्रमणको नाममा विभिन्न मन्त्रालयमा थप रकम निकासा र रकमान्तर गरिएको आधारमा गरिएको कारण थपघट पनि हुन सक्नेछ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव