जनकपुरधाम, भदौ ४ गते । प्रदेश २ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ भने ८ हजारभन्दा बढी संक्रमित भएका छन ।
बिहीवार सप्तरी, बारा र पर्सामा एक/एक जनाको मृत्युले संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ६० पुगेको हो । हुनत प्रदेश सरकारको समाजिक विकास स्वास्थ्य निर्देशनालयका अनुसार संख्या ५१ मात्र रहेको छ ।
बिहीवार मात्रै सप्तरीको राजविराज नगरपालिका ४ का २८ वर्षिय पुरुष, बाराका कलैया उपमहानगरपाकिला वडा नं १० मटिअर्वाका ५९ वर्षीय पुरुष र पर्साको विरगंज स्थित हेल्थकेयरमा सांझ पौने ७ बजे उपचारको क्रममा वीरगंज १५ प्रतिमा चौक निवासी ७४ वर्षिय वृद्धको मृत्यु भएको हो । मटिअर्वाका पुरुषको बुधवार नै मृत्यु भएको हो तर बिहीवार कोरोनो पुष्टि छ ।
यसैगरी बुधवार उपचारको क्रममा वीरगञ्जस्थित रेशमकोठी बस्ने ४० वर्षीय महिला, वीरगञ्ज महानगरपालिका वडा नं. ४ विर्ता बस्ने ८४ वर्षीय वृद्धको गण्डक अस्पताल र एक जना वीरगञ्ज महानगरपालिका वडा नं. १३ भिस्वा बस्ने ५७ वर्षीय पुरुष नारायणी अस्पतालमा मृत्यु भएको छ । यी दुईमध्ये एक जनामा मृत्यु पछि संक्रमण पुष्टि भएको हो ।
हालसम्म कोरोना संक्रमणले पर्सामा सबैभन्दा बढी पर्सा जिल्लामा २९ जनाको मृत्यु भइसकेको छ । अन्य जिल्लाहरु धनुषामा १०, रौतहटमा ३, बारामा ८, सर्लाही २, सिरहामा २, सप्तरीमा ४ र महोत्तरीमा २ जनाको मृत्यु भएको छ ।
हुनत प्रदेश सरकारको तथ्यांक अनुसार पर्सामा २४, धनुषामा ९, रौतहटमा ३, बारामा ६, सिरहा र महोत्तरी २/२, सप्तरीमा ४ तथा सर्लाहीमा १ जना गरी कुल ५१ जनाको मृत्यु भएको हो ।
प्रदेशमा बिहीबार १८० जना नयाँ संक्रमित थपिएका छन् । धनुषामा धनुषामा २९, महोत्तरीमा १८, सिरहामा २५, बारामा ७, पर्सामा ५२, सर्लाहीमा २४, रौतहटमा ६ र सप्तरीमा १९ जनामा कोरोना संक्रमण भएको छ ।
यो समेत प्रदेशमा कुल संक्रमितको संख्या ८ हजार ६३ पुगेको छ । ती मध्ये तीन हजार ९ सय ८४ जना डिस्चार्ज भएका छन् । हाल संक्रमण ऐक्टिव केश ३ हजार ८ सय ९५ रहेको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !