जनकपुरधाम, भदौ ३ गते । नेपाली सीमा गौतम बुद्धको भेटाएका महोत्तरीका एक युवकलाई भारतीय सुरक्षाकर्मी (एसएसबी) ले नेपाल प्रवेश गरी नियन्त्रणमा लिएका छन ।
प्राप्त जानकारी अनुसार महोत्तरीको मनरासिसबा नगरपालिका ९ बथनाहा निवासी बलिन्द्र सादाले बुधवार बिहानी माछा मार्ने क्रममा नेपाली सीमामा रहेको खाल्डोबाट बुद्धको मूर्ति फेला पारेको थियो । उनले मूर्ति घर ल्याएपछि गाउँभरि नै हल्ला फैलियो बुद्धको मूर्ति भेटाएको छ ।
घटनाको केही समयपछि सहश्राम क्याम्पमा रहेका भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गरी बलिन्द्रलाई घरबाट भारतबाट मुर्ति चोरेर ल्याएको भन्दै कुटपिट गर्दै नियन्त्रणमा लिएर गएको थियो । नेपालीलाई भारतीय सुरक्षाकर्मीले सीमा प्रवेश गरी नियन्त्रणमा लिएको हल्ला फैलिएपछि स्थानीय प्रशासनले उनको रिहाईका लागि पहल थालेको छ ।
लोकपुकार सँग कुरा गर्दै सशस्त्र प्रहरी महोत्तरीका प्रहरी उपरीक्षक सुरेश सापकोटाले भने मूर्ति भेटाएका नेपालीलाई भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएको कुरा थाहा पाए लगतै उनको रिहाईको पहल थालेको बताए ।
उनले भने घटना सम्बन्धमा भारतीय सुरक्षाकर्मीको कमाण्डरसँग कुरा गर्दा उनीहरुले भारतबाट मूर्ति चोरेर लगेको आरोपमा सोधपुछका लागि नियन्त्रणमा लिएको स्वीकार गरेका छन । सोधपुछपछि रिहा गर्ने प्रतिबद्धता समेत भारतीय सुरक्षाकर्मीबाट आएको छ, हामी प्रतिक्षामा छौं यदि रिहा गरेन आगामी कदम चाल्ने प्रहरी उपरिक्षक सापकोटाले भने ।
घटना बारे उनले भने स्थानीयका अनुसार बलिन्द्रले गाउँ नजिकै सीमा क्षेत्रभन्दा एक डेढमीटर भित्र नेपाली भूमिमा रहेको खाल्डोमा माछा मार्ने क्रममा मुर्ति फेला परेको थियो । मूर्ति फेला परेको केही समयपछि भारतीय सुरक्षाकर्मीले उनलाई नियन्त्रणमा लिएर गएको हो ।
नेपाल प्रवेश गरी सदालाई नियन्त्रणमा लिएको हो नि भन्ने प्रश्नमा एसपी सापकोटाले भने ‘हामीले पनि त्यही जानकारी पाएका थियौँ, तर एसएसबीका पदाधिकारीसँग कुरा गर्दा सीमा पार नगरी ती युवकलाई भारतीय भूमिबाट नै सामान्य सोधपुछका लागि नियन्त्रणमा लिएको दाबी गरेका छन, तर हामी अनुसन्धानमा जुटेका छौं सत्य तथ्य बुझ्न ।
अहिले मूर्ति बलिन्द्रकै घरमा छ, त्यहाँ स्थानीय बीओपीको सुरक्षाकर्मी मूर्तिका सुरक्षाका लागि राखिसकिएको छ । यता स्थानीयवासी बलिन्द्र निशर्त तत्काल नगरे भारत विरुद्ध कडा संघर्ष गर्ने चेतावनी दिएका छन ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !