वीरगन्ज भदौ २ गते । पछिल्लो २४ घण्टामा पर्सामा मात्रै १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ६८ जना र नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ५७ जना गरी १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।
सोमबार राति टेकु प्रयोगशालाले पठाएको विवरण अनुसार १६ जना महिलासहित ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
साउन २६ र २७ गते नारायणी अस्पतालमा पीसीआर किट अभाव ११ सयभन्दा बढीको स्वाब संकलन गरी परीक्षणका लागि केन्द्रीय प्रयोगशाला टेकु काठमाडौं पठाइएको थियो भन्ने कुरा जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।
त्यस्तै सोमबार राति नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका ५७ जनामा कोरोना पुष्टि भएको थियो । पर्सामा एक महिनामा मात्रै १ हजार २ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !