विराटनगर, भदौ १ गते । विराटनगर महानगरपालिकामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
सोमबार बेलुका कोशी अस्पतालमा उपचारको क्रममा विराटनगर महानगरपालिका ८ मधुमाराका ४७ वर्षका पुरुषको क्रममा मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि आफन्तले उनलाई आइतबार कोशी अस्पताल भर्ना गराएका थिए तर कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि अस्पतालले आइसोलेसनमा राखेर स्वाब संकलन गरेको थियो ।
सोमबार दिउंसै उनको परिक्षण रिपोर्ट पोजेटिभ देखाएको र बेलुका करिब साढे ५ बजे उनको मृत्यु हुन गएको कुार जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।
यो संगै विराटनगरमा मात्र मृत्यु हुनेको संख्या ८ पुगिसकेको छ । यसअघि विराटनगर ९ का दुई गरी वडा नम्बर २, ३, ५, १० र १५ मा एक÷एक जनाको मृत्यु भइसकेको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !