जनकपुरधाम, भदौ १ गते । धनुषाको धनुषाधाम नगरपालिकामा अनिश्चितकालिन लकडाउन घोषणा गरिएको छ ।
सोमवार नगर कार्यापालिकाको बैठकबाट भदौ १ गतेबाट अर्को सूचना प्रकाशन नहुञ्जेलसम्मका लागि लकडाउन गर्ने निर्णय गरिएको छ ।
लकडाउन अवधिमा नगरपालिका र वडा कार्यालहरुबाट प्रवाह हुने सबै सार्वजनिक सेवाहरु स्थगन गर्ने निर्णय गरिएको कुरा मेयर बालेश्वर मण्डलले जानकारी दिएका छन ।
नगरभित्र संचालन हुने सबै हाट बजार बन्द गरिने, अत्यावश्यक सेवा/संस्था बाहेकका सबै प्रकारका पसलहरु, सेवा/संस्था दिनको १० बजेसम्म सामाजिक दूरी कायम गरी मात्र संचालन हुने निर्णय समेत गरिएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीद्वारा लकडाउन कार्यान्वयनमा आवश्यक सहयोग गरिदिन भनी प्रकाशित सूचनामा सरोकारवाला विभिन्न निकायलाई बोद्यार्थ जनाइएको छ ।
नगपालिकाले जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय धनुषा, इलाका प्रहरी कार्यालय ढल्केवर, शसस्त्र प्रहरी बल धनुषाधाम, इलाका प्रहरी कार्यालय यज्ञभूमि, प्रहरी चौकी उमाप्रेमपर, वित्तिय संस्था एनआईसी एशिया र सिटिजन्स बैंक, नेपाल विद्युत प्राद्यिकरण, व्यापार संघ धनुषा सहितका लाई बोद्यार्थ जनाउंदै सहयोगका लागि अपिल गरेका हुन ।
धनुषा नगरपालिकाले यसअघि साउन २४ गतेदेखि भदौ १ गतेसम्मका लागि लकडाउनको घोषणा गरेको थियो । सो म्याद सकिदैं दोश्रो चरणको लकडाउन अनिश्चितकालिनकालका लागि घोषणा गरेको हो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !