जनकपुरधाम, साउन ३२ गते । महोत्तरीको जलेश्वर कोरोना विशेष अस्पतालमा भेन्टिलेटर जडान पनि संचालन हुनेमा आशंका देखिएको छ ।
सो पाँच थान भेन्टिलेटर जडान भएपनि जनशक्ति आभावमा संचालनमा हुनेमा आशंका देखिएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेश पाण्डेले भने भेन्टिलेटर त जडान गरिएको छ तर चलाउने जनशक्ति नै छैन ।
प्रदेश २ मा कोरोना सङ्क्रमणबाट थप जोखिम हुन नदिन प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सहयोगमा सो अस्पतालको आइसीयू सेवामा आइतवार ५ वटा भेन्टिलेटर जडान गरिएको हो ।
अस्पतालमा हाल ४२ जना कोरोना सङ्क्रमित उपचाररत रहेका छन् भने चार/पाँच जनामा मात्रै कोरोनाको लक्षण देखिएको छ । सबैको अवस्था सामान्य रहेको बताइएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !