जनकपुरधाम, साउन ३० गते । कोरोना संक्रमणले प्रदेश २ मा ४८ जना सहित देशभरिमा मृत्यु हुनेको संख्या ९१ पुगेको छ ।
शुक्रवार बिहानसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रादेशिक समाजिक विकास मन्त्रालयका तथ्यांक अनुसार प्रदेश २ मा मृत्यु हुनेको संख्या ३९ रहेको छ । तर लोकपुकारको सर्वे अनुसार दुवै मन्त्रालयका तथ्यांक रिपोर्ट प्रदेश २ को संक्रमणबाट मृत्यु हुनेहरुको संख्या गलत रहेको छ ।
लोकपुकारको सर्वे अनुसार प्रदेशभरिमा मृत्यु हुनेको संख्या ४८ रहेको छ । समाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका सप्तरीमा ३, सिरहामा १, धनुषामा ६, महोत्तरी र रौतहटमा २÷२, बारामा ६ र पर्सामा १९ जना मृत्यु भएको छ भने सर्लाहीमा मृत्यु भएको छैन ।
तर हाम्रो टीमको सर्वे अनुसार सप्तरीमा सप्तरीमा ३, सिरहामा २, धनुषामा ७, महोत्तरीमा २, सर्लाहीमा २, रौतहटमा २, बारामा ७ र पर्सामा २३ जना सहित प्रदेशमा ४८ जनाको को मृत्यु भएको हो । पर्सामा मृत्यु हुनेमा २ भारतीय नागरिक तथा पहिचान खुल्न नसकेका एक जना समेत रहेका छन ।
प्रादेशिक समाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयले पहिचान खुल्न नसकेका र भारतीय नागरिक सहित साउन अघि मृत्यु भएकाहरुको तथ्यांक आफ्नो सूचीमा नराखेको देखिन्छ ।
सरकारी तथ्यांक अनुसार प्रदेश २ मा ३९ बाहेक प्रदेश १ मा ६, बागमती १७, गण्डकीमा ६, प्रदेश ७ मा १२, कर्णालीमा ४, सुदुरपश्चिममा ७ सहित ९१ जनाको कोरोना संक्रमणले मृत्यु भएको हो । तर प्रदेश २ को वास्तविक तथ्यांक हेर्दा मृतकको संख्या एक सय पुगिसकेको छ ।
यस्तो छ मृतकको तथ्यांक

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !