जनकपुरधाम, साउन ३० गते । एक जिल्लाबाट अर्को जिल्लामा सरकारले गरेको प्रवेश निषेधको क्रममा बिहीवार ७ हजारभन्दा बढी सवारी साधनलाई काठमाडौ उपत्यका नाकाबाट फिर्ता पठाएको छ ।
लकडाउनको बीचमा अत्यावश्यक काम बिनै काठमाडौं जान खोज्ने खोज्ने ७ हजार ६ सय ३५ वटा सवारी फर्काइएको छ । सो सवारी साधनमा बसेका १९ हजार ४ सय ८३ जनालाई फिर्ता पठाइएको गृह मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणको जोखिम बढदै गएपछि गृहमन्त्रालय एक जिल्ल्लाबाट अर्को जिल्लामा प्रवेश निषेध गरेपछि सवारी साधन अनुमति विना उपत्यका प्रवेश गर्न थप कडाइ गरेको हो । सबै जिल्लामा सवारी पास जारी गर्न समेत बन्द गरिएको छ ।
यो अवधिमा मास्क प्रयोग नगरी हिँड्ने ४ लाख १९ हजार ५३८ जनालाई नियन्त्रणमा समेत लिएको छ । ती मध्ये ३ लाख ५४ हजार ८२४ जनालाई सम्झाई बुझाई छाडिएको र ३९ हजार ५०७ जनालाई मास्क दिएर पठाएको गृह मन्त्रालयले जनाएको छ। २५ हजार २०७ जनालाई जरिवाना गरी छाडेको छ ।
कोरोना संक्रमण नेपालमा बढ्दै गएको भन्दै संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि थप कडाइ गरिने गृह मन्त्रालयले जनाएको छ। सरकारले गरेका निर्णयलाई प्रभावकारी कार्यान्वयनका लागि गृह मन्त्रालयले मातहत सुरक्षा निकाय तथा सबै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिइसकेको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !