जनकपुरधाम, साउन २९ गते । चिकित्सकको लापरवाहीले जनकपुरधाम स्थित रामजानकी होस्पीपटलमा सुत्केरी महिलाको मृत्यु भएको घटनाको साता निबत्दै नवजीवन अस्पतालमा एक महिलाको मृत्यु भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका १ की अन्दाजी ३५ वर्षीय रुकमणी सदाको बिहीवार राति अन्दाजी ८ बजे मृत्यु भएको हो । पथरीको अप्रेशनमा चिकित्सकले लापरवाही गरेको कारण रुकमणिको मृत्यु भएको पिडीत परिवारले आरोप लगाएका छन ।
महिलाको मृत्युपछि आक्रोसित परिवार र आफन्तले अस्पताल तोडफोड गरेका छन् । अवस्था तनावग्रस्त बन्दै गएपछि प्रहरीले लाठी चार्ज गरेर स्थिति नियन्त्रणमा लिएको छ । समाचार लेख्दासम्म मृतक महिलाको शव अस्पतालमै राखिएको थियो । पीडित परिवारले सम्बन्धित डाक्टरलाई कारवाही र क्षतिपुर्ति माग गरेका छन् ।
यसअघि रामजानकी अस्पतालमा ओ पोजेटिवको सट्टा बी पोजेटिभको रगत डाक्टरले सुत्केरी महिलालाई चढाएपछि उनको मृत्यु भएको थियो । सो होस्पीटलले पीडित परिवारलाई पांच लाख रुपैया क्षतिपूर्ति दिएर मुद्दा सामसुम पारेका थिए ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !