जनकपुरधाम, साउन २९ गते । कोरोना संक्रमणको जोखिम बढदै गएपछि धनुषा र सिराहा जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यक सेवा बाहेक सम्पूर्ण कामकाज बन्द गरिएको छ ।
समुदाय स्तरमा बढदै गएको कोरोनाको जोखिमलाई दृष्टिगत गर्दै धनुषा र सिरहाका प्रमुख जिल्ला अधिकारीले अनिश्चितकालका लागि अत्यावश्यक सेवा बाहेक सम्पूर्ण कामकाज बन्द गर्ने निर्णय गरेको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले कोरोना संक्रमणको जोखिम दिनप्रतिदिन बढ्दै गएकाले शुक्रबारदेखि अनिश्चितकालका लागि अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण कामकाज बन्द गर्ने निर्णय भएको बताए ।
उनले शान्ति सुरक्षा सम्बन्धी सेवा, विपद् सम्बन्धी काम, ठाडो निवेदन र उजुरी, मुद्दासम्बन्धी कार्यबाहेक सबै काम तत्कालका लागि बन्द गरिएको जानकारी दिएका छन ।
त्यस्तै सिराहा जिल्ला प्रशासन कार्यालयमा पनि एकजना कर्मचारीमै कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका कामकाज अनिश्चितकालका लागि बन्द गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले शान्ति सुरक्षा, विपद् व्यवस्थापन, ठाडो उजुरीबाहेक दैनिक रुपमा हुँदै आएको अन्य सबै काम बन्द गरिएको बताए ।
सेवा लिन आउने कोरोना संक्रमित छन्, छैनन्, त्यो कसरी थाहा हुन्छ ?’ प्रजअ कणेलले भने, “त्यही भएर अहिले कामकाज बन्द गरिएको हो ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !