एजेन्सी/काठमाडौ साउन २९ गते । भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरस संक्रमित फेला परेका छन् ।
भारतीय संचार माध्यमका अनुसार बिहीवार सार्वजनिक रिपोर्ट अनुसार ६७ हजार हजार कोरोनाका नयाँ संक्रमित थपिएका हुन् । यसअघि त्यहाँ जुलाई आठ तारिखमा सबैभन्दा बढी ६५ हजार १ सय ५६ जनामा संक्रमण पुष्टि भएको थियो ।
कोरोना संक्रमणबाट सबैभन्दा धेरै प्रभावित हुने देशहरुको सूचिको तेस्रो स्थानमा रहेको भारतमा संक्रमण पुष्टि भएकाहरुको संख्या २३ लाख ९५ हजार नाघेको छ ।
ब्राजिलमा ५८ हजारभन्दा बढीमा संक्रमण हुँदा अमेरिकामा ५४ हजारभन्दा बढी संक्रमित थपिएका छन् । बुधबार विश्वभर २ लाख ७४ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !