बीरगञ्ज, साउन २९ गते । सुनचाँदी प्रकरणमा मुछिएका जाली नोटका कारोबारी इल्तफ हुसेन अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ ।
वीरगञ्जमा पेट्रोल पम्पका संचालका रुपमा चिनिएका बाराको प्रस्टोखा–२, हरपुर निवासी अन्सारीलाई पर्सा प्रहरीले उनकै पेट्रोल पम्पबाट पक्राउ गरेको हो । हाल उनी पर्सा प्रहरीकै नियन्त्रणमा रहेका छन ।
१५ किलो सुनचाँदी प्रकरणमा प्रयोग भएको गाडीको खोजी गर्दै जाँदा प्रहरीले अन्सारीलाई पक्राउ गरेका हुन । काठमाडौंको कमलपोखरीबाट अन्सारीको गाडीलाई प्रहरीले पछ्याएपछि सुन चाँदी भएको झोला फ्याँकेर स्कर्पियो भागेको थियो ।
त्यसयता महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी परिसर, टेकुले उनको खोजीलाई तीब्र बनाएको थियो । उनी २८ असार २०६८ सालमा बरामद भएको ५४ लाख ९५ हजार नक्कली भारतीय रुपैयाँको मुख्य कारोबारी समेत रहेका छन ।
घटनापछि फरार उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले २०७२ जेठमा पक्राउ गरेको थियो । पछिल्लो पटक ७ करोड ६७ लाख ९४ हजार भारतीय नक्कली नोटसहित समातिएका युनुस अन्सारीसँग पनि उनको निकट सम्बन्ध रहेको छ ।
युनुसपछि नेपालमा भारतीय नक्कली नोट कारोबार गर्ने व्यक्ति उनी थिए । प्रारम्भमा युनुसको समूहमा काम गर्दै आएपछि युनुस पक्राउ परेपछि उनी आफ्नै समूह संचालन गरी जाली नोटको कारोबार गर्दै आएको छ ।
डबल एजेन्टको रुपमा चिनिएका अन्सारी पाकिस्तान र भारत दुवै मुलुकका लागि सूचना दिने काम गर्दै आएको प्रहरीको भनाई छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !