जनकपुरधाम, साउन २८ गते । समुदायस्तरमा कोरोना संक्रमण बढदै गएपछि धनुषाको हंसपुर नगरपालिकामा पनि बुधवार देखि लकडाउन जारी गरिएको छ ।
नगरकार्यपालिकाको बैठकबाट साउन २८ गतेदेखि भदौ १३ गतेसम्मको लागि अत्यावश्यक सेवा बाहेक सम्पूर्ण सेवा र पसल बन्द हुने गरी लकडाउन घोषणा गरिएको हो ।
मेयर रामज्ञान मण्डल जारी सूचनामा स्वास्थ्य सेवा लगायत अत्यावश्यक सेवा बाहेक नगरपालिकाको ९ वटै वडामा सम्पूर्ण सेवा बन्द रहने जनाइएको छ । निरन्तर बढदै गएको कोरोना संक्रमणको ख्याल गर्दै हाट बजार, भिडभाड, भोज भतेर र सांस्कृतिक मेला समारोह नलगाउन भन्दै धार्मिक पर्व घरमा नै २ मीटरको दूरी कायम गरी मनाउन अनुरोध गरिएको छ ।
यसका साथै अत्यावश्यक सामाग्री र खाद्य पदार्थको पसल दुई सिफ्टमा बिहान ६ बजेदेखि १० बजेसम्म र दिउंसो ४ बजेदेखि सम्म मात्र भीडभाड नहुने गरी समाजिक दूरी कायम गर्दै खोल्न निर्णय गरिएको छ ।
नगरवासीमा लकडाउनले पर्न गएको मार्काप्रति क्षमा मांग्दै मेयर मण्डलले संकटकालिन असहज परिस्थितिमा सहयोग गरिदिन आग्रह सूचना मार्फत समेत गरेको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !